ज्योति लाईफको बीमालेख नविकरण शुल्क अब इसेवाबाट भुक्तानी

  २०७६ असार २६ गते १६:४४     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स्को बीमालेख नविकरण शुल्क इसेवाबाट भुक्तानी गर्न मिल्ने भएको छ । ज्योति लाइफ इन्स्योरेन्स्का ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवा प्रदान गर्ने व्यवस्था ल्याएको हो ।

काम तथा सेवालाई प्रविधि मैत्री, प्रभावकारी तथा सहज बनाउन इसेवासंग भएको सम्झौता अनुरुप सफल परिक्षण पश्चात यो सेवा ग्राहकहरुको लागि सुचारु गरिएको हो । जसबाट ज्योति लाईफका बीमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाबाट शुरु गरेको छ ।

कुनै पनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ज्योति लाईफ इन्स्योरेन्स्ले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.