न्यून शूल्कमा बीमा गराउँदै एभरेष्ट इन्स्योरेन्स, बीमा समिति भन्छ-‘स्वस्थ्य प्रतिस्पर्धाको विकल्प छैन’

  २०७६ असार २६ गते ११:०३     नबिन पोखरेल

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको सुनसरीस्थित इटहरी शाखाले न्यून बीमा शुल्क लिएर बीमा गरेको छ । कम्पनीले ३८ लाख ९६ हजार रुपैयाँ पर्ने गाडीलाई ३५ हजार १ सय ४४ रुपैयाँ मात्र लिएर बीमा गरेको छ । बीमा समितिले ताेकेका बीमा दर अनुसार कम्पनीले सो गाडी बीमा गरेवापत ४४ हजार २ सय २० रुपैयाँ बीमा शुल्क लिनुपर्ने थियो ।

कुनै पनि बीमा कम्पनीले बीमा पोलिसी बिक्री गर्दा बढी वा कम प्रिमियम शुल्क लिनु स्वस्थ्य मानिदैन । कम्पनीहरूले लहडमा बीमा गराउनुभन्दा पनि स्वस्थ्य प्रतिस्पर्धा गरी बीमा पोलिसी बिक्री गर्नुपर्ने बीमा समितिले बताएको छ । एभरेष्ट इन्स्योरेन्सले असार १८ गते बीमा पोलिसी बिक्री गरेको थियो । बीमा अवधि २०७७ साल साउन ५ गते सोमबारसम्म छ ।

बजारमा स्वस्थ्य प्रतिस्पर्धा होस भनेर  बीमा शुल्क कम वा बढी नलिन बीमा कम्पनीहरूलाई बीमा समितिले निर्देशन दिँदै आएको छ ।

समितिले सुपरीवेक्षणको क्रममा यस्ता क्रियाकलाप भए गरेको पाइएमा बीमा कम्पनीहरूलाई सचेत पनि गराउँदै आएको छ ।

मोटर बीमा दर सम्बन्धि निर्देशिका २०७३ मा बीमा लेख चालू रहेको अवस्थामा बीमा गरिएको सवारी साधनको घोषित मूल्यमा थपघट गर्ने सक्ने व्यवस्था गरेको छ ।

निर्देशिकामा बीमा लेखको अवधि समाप्त हुने मितिसम्म समानुपातिक हिसाबले लाग्ने अतिरिक्त बीमा शुल्कको बारेमा चर्चा गरिएको छ । निर्देशिका अनुसार समानुपातिक रुपले लाग्ने अतिरिक्त बीमा शुल्क लिई वा फिर्ता दिई उक्त मूल्यमा थपघट गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.