निरज श्रेष्ठले सनराईज बैंकका अध्यक्षलाई पत्र लेख्दै भने–‘अब म आउँदिन’

२०७६ असार २६ गते १०:१५ विकासन्युज

काठमाडौं । सनराईज बैंकको प्रमुख कार्यकारी पदमा नियुक्ती पाएर एक महिनासम्म सपथग्रहण नगरेका निरज श्रेष्ठले बुधबार बैंकमा अध्यक्ष पत्र लेख्दै ‘अब म आउँदिन’ भनेका छन् ।

‘बैंकमा विवाद भएको खवर सञ्चार माध्यममा खुलस्त आए । केही विवाद थियो भने पनि परिपक्व ढङ्गले आन्तरिक रुपमा समाधान गर्नुपर्दथ्यो’ श्रेष्ठले विकासन्युजसँग भने–‘आन्तरिक विवाद मिडियामा लैजाने, नियामकसम्म लैजाने कामले बैंकको शाखमा पनि नराम्रो असर गर्छ । काम गर्न पनि गाह्रो हुन्छ । यस्तो अवस्थामा मैले जिम्मेवारी लिने कुरै भएन ।’

‘मैले तपाईकै मिडियाबाट पहिलो पटक जानकारी पाएँ कि सीईओ नियुक्ती गर्ने जस्ताे महत्वपूर्ण निर्णयमा फरक मत रहेछ । मैले यस विषयमा अध्यक्ष (मोतीलाल दुगड)सँग जानकारी लिए । विवाद छ भने मलाई जिम्मेवारी समाल्न कठिन हुन्छ भनेको थिए । अध्यक्षले सबै कुरा मिलाउछु भन्नु भएकोले म सहमतिको प्रतिक्षामा थिए’ उनले भने–‘एक महिनासम्म पनि सहमति भएन । यस्तो अवस्थामा म जिम्मेवारी समाल्न सक्दिन, म आउँदिन भनेर बुधबार पत्र लेखेर दिएकाे छु ।’

निरजको नियुक्तीको विषयमा सञ्चालक समितिका सदस्य शैलेन्द्र गुरागाई र मालचन्द दुगडको असहमति देखिएको थियो । गुरागाईले नोटअफ डिसेन्ट नै लेखेर राष्ट्र बैंकलाई समेत जानकारी दिएका थिए ।


सम्बन्धित समाचारहरु


१. नयाँ सीईओ नियुक्तीसँगै सनराइज बैंकमा खटपट, निरज श्रेष्ठलाई पहिलाे गाँसमै ढुंगा

२. सनराइज बैंकमा प्रमुख कार्यकारी नियुक्ती राेक्न माग गर्दै बैंक सञ्चालकद्वारा राष्ट्र बैंकमा निवेदन

३. निरजले अस्विकार गरेपछि आशा राणालाई फेरि निमित्तको जिम्मेवारी, अब को आउला सनराइजमा ?