२० वटा राष्ट्रिय गौरवका आयोजनाको खर्च साढे ६४ अर्ब, कसको कति(सूचिसहित)

  २०७६ असार २६ गते ९:२६     विकासन्युज

काठमाडौं । २० वटा राष्ट्रिय गौरवका आयोजनाहरुले एक वर्षमा ६४ अर्ब ५९ करोड २ लाख रुपैंया खर्च गरेका छन् । सरकारले बजेटको अभाव नहुने व्यवस्थासहित गौरवका आयोजनाहरुका लागि यसपाली ८७ अर्ब ४९ करोड ८५ लाख रुपैंयाँ विनियोजन गरेको थियो ।

गौरवका २० आयोजनाहरु सरकारले विनियोजन गरेको कुल रकमको ७३.८ प्रतिशत खर्च गर्न सफल भएका छन् । जसमा पुँजीगत तर्फ ६५.७ प्रतिशत, चालु तर्फ २०२.३ प्रतिशत र वित्तिय व्यवस्था तर्फ ९९.२ प्रतिशत खर्च भएको छ ।

खर्च गरिएको रकममध्ये ४६ अर्ब ३५ करोड ६५ लाख रुपैंयाँ पुजीगत(विकास) खर्च रहेको छ भने बाँकी २ अर्ब ८० करोड २५ लाख रुपैंयाँ भने चालु खर्च रहेको छ । त्यस बाहेक १५ अर्ब ४३ करोड १२ लाख रुपैंयाँ भने वित्तिय व्यवस्थापनमा खर्च भएको छ । २० वटा आयोजनामध्ये दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाले २०६ प्रतिशत खर्च गरेको छ भने पुष्पलाल(मध्य पहाडी) राजमार्गले १८२.६ प्रतिशत खर्च गरेको छ ।

सबै भन्दा कम खर्च गर्ने गौरवको आयोजनाका रुपमा भने पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलले गरेको छ । उसको पुँजीगत खर्च जम्मा ७.४ प्रतिशत मात्रै छ । त्यस्तै, कम खर्च गर्ने अर्काे आयोजनाका रुपमा निजगढ विमानस्थल परेको छ । उसले जम्मा २१ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । काठमाडौं–तराई मधेश फास्ट ट्रयाकले पनि जम्मा ३२.५ प्रतिशत मात्रै खर्च गरेको देखिन्छ । असार २५ गतेसम्मको विवरण अनुसार गौरवका आयोजनाहरुको प्रगति यस्तो देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.