हिमालयन बैंकको १२ लाख कित्ता ऋणपत्र साउन २ देखि, २५ कित्तादेखि अधिकतम सबैमा आवेदन गर्न पाइने

  २०७६ असार २६ गते ९:२६     विकासन्युज

काठमाडौं । हिमालयन बैंकको प्रतिकित्ता रु १००० अंकित १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता कित्ता ऋणपत्र साउन २ गते खुल्ने भएको छ ।

‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेन्चर २०८३’ नाम दिइएको उक्त ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम सबैमा आवेदन गर्न पाउने जनाएको छ ।

साउन २ गतेदेखि खुल्ने उक्त ऋणपत्र छिटोमा साउन ६ गते र ढिलोमा साउन ३१ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

७ बर्ष अवधि तोकिएको उक्त ऋणपत्र विसं २०८३ मा परिपक्व हुनेछ भने ऋणपत्रका लगानीकर्ताले १० प्रतिशत बराबरको ब्याजदर प्राप्त गर्नेछन् । उक्त ३० लाख डिबेञ्चरमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.