वाणिज्य बैंकहरूबाट १ वर्षमा चार खर्ब ५ अर्ब कर्जा प्रवाह

  २०७६ असार २५ गते १९:१५     विकासन्युज

काठमाडौं । चालु आवका जेठसम्म २८ वटा वाणिज्य बैंकहरूले चार खर्ब पाँच अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकले गएको आवमा साउनदेखि जेठसम्मको ११ महिनाको अवधिमा तीन खर्ब ९७ अर्ब कर्जा प्रवाह गरेका थिए । चालु आवको यो अवधिका गरेको कर्जा प्रवाह गएको आवको भन्दा आठ अर्बले बढी हो । २८ वटा वाणिज्य बैंकहरूले चालु आवको यो अवधिसम्म कुल २४ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेका छन् । गएको आवको अन्त्यमा यस्तो कर्जा प्रवाह २१ खर्ब ११ अर्ब थियो ।

आर्थिक वर्ष २०७२/७३ मा १३ खर्ब ८६ अर्ब कुल कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले कर्जा चार वर्षमा १० खर्ब ८२ अर्बले बढेर कर्जा बढेर पौने २५ खर्ब पुगेको हो । विभिन्न बैंकहरूबाट प्राप्त जानकारी अनुसार बैंकहरूले यो अवधिमा पुँजी तीन गुणाले बढाएर आठ अर्ब पुर्याएका छन् । अर्थात दुई अर्बको चुक्ता पुँजी बढेर आठ अर्ब पुगेको छ । पुँजी बढेको अनुपातमा कर्जा प्रवाह भने बढ्न सकेको छैन । चालु आवको असोजमा ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने भदौमा दैनिक दुई अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । माघ दैनिक साढे एक अर्ब रुपैयाँ कर्जा प्रवाह भएको बैंकहरूको तथ्यांक छ ।

चालु आवको यो अवधिमा बैंकले चार खर्ब २३ अर्ब निक्षेप संकलन गरेका छन् । चालु आवको जेठ महिनामा बैंकहरूले ५१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । वैशाखमा बैंकहरूले ५ अर्ब रुपैयाँमात्रै निक्षेप संकलन गरेका थिए भने चैत महिनमा २९ अर्ब रुपैयाँ संकलन गरेका थिए ।
गएको आवको अन्त्यसम्म वाणिज्य बैकहरूमा कुल २३ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । मंसिर महिनामा वाणिज्य बैंकहरूले सबैभन्दा बढी ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । भदौ महिनामा ४७ अर्ब र कार्तिकमा ४३ अर्ब निक्षेप संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.