होटल व्यवसायमा आकर्षण, विराटनगरमा खुल्यो ३५ करोड लगानीको चारतारे ‘बीग होटल’

  २०७६ असार २५ गते १९:३५     राजाराम न्यौपाने

काठमाडौं । उद्योगी व्यवसायीहरू पछिल्लो समय होटल व्यवसायमा लगानी गर्न आकर्षित भएका छन् । होटल व्यवसायमा लगानीकर्ताहरुको आकर्षण बढेसँग विराटनगरमा ठूलो लगानीमा ‘बीग होटल’ सञ्चालनमा आएको छ । ३५ करोड ७५ लाख रुपैयाँको लगानीमा चार तारे होटल सञ्चालनमा आएको हो ।

विराटनगर-जोगबनी सडकअन्तर्गत रोड शेष नजिकै होटल सञ्चालन भएको हो । वीरेन्द्र न्यौपाने र रुपमणि राजभण्डारीको उक्त होटलमा लगानी गरेका हुन् । होटल सञ्चालन भने भरत खत्रीले गरेका छन् । होटल सञ्चालक खत्रीले भने-‘१० कट्ठा जग्गामा बनेको बीग होटलमा वातानुकूलित ६० कोठा छन् ।’ ५०० देखि ७०० जना अट्ने पार्टी हलपनि छ ।

होटलमा स्वीमिङ पुल, दुई वटा लिफ्ट र पर्यटकको चाहना अनुसार तीन वटा विशेष कोठा समेत छ । स्पा, हेल्थ क्लब र क्यासिनो पनि सञ्चालनमा ल्याउने योजना रहेको सञ्चालक खत्रीले बताए । उक्त होटलमा स्थानीयसहित इण्डियन, चाइनिज, इटालियन खानाका परिकार उपलब्ध छ । ७५ जनाले प्रत्यक्ष रोजगारी पाएको होटलमा कफी सप र रेष्टुरेन्टपनि छ । पर्यटन विभागको तथ्याङ्क अनुसार ७ सय ५३ स्थानीय तहमा कूल ६ सय ५५ होटल दर्ता भएका छन् ।

कुन प्रदेशमा कति छन् ५ तारे होटल ?
नेपालमा हाल १४ वटा पाँच तारे होटल रहेका छन् । ती मध्ये २ वटा भने सञ्चालनमा रहेका छैनन् । कुल संख्या मध्येमा प्रदेश नम्बर १, २, कर्णाली र सुदूरपश्चिम प्रदेशमामा पाँच तारे होटल छैनन् । प्रदेश नम्बर ३ मा ९, गण्डकी प्रदेशमा २ र ५ नम्बर प्रदेशमा ३ वटा पाँच तारे होटल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.