धान रोपाइँः गतवर्ष असार २३ सम्म ५३ प्रतिशत, यो वर्ष २३.७६ प्रतिशत मात्रै

  २०७६ असार २५ गते १३:४०     सुनिता पुडासैनी


काठमाडौं । असार महिना सकिन अब एक सातापनि बाँकी छैन । तर हालसम्म देशभर २३.७६ प्रतिशत मात्र धान रोपाइँ भएको छ । अघिल्लो वर्षको तुलनामा २९.२४ प्रतिशत कम रोपाइँ भएको हो । गत वर्ष असार २३ गतेसम्मको तथ्याङ्ग हेर्ने हो भने ५३ प्रतिशत रोपाइँ सकिएको थियो ।

कृषि मन्त्रालयका सह प्रवक्ता प्रदीपचन्द्र भट्टराईका अनुसार असार महिनाको अन्त्यसम्म वर्षात नभएकाले रोपाईँ हुन नसकेको हो । यसले धानको उत्पादन घटाउने उनले बताए ।

तर, मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आर्थिक वर्षमा १.५ प्रतिशत उत्पादन बृद्धि हुने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा धानको उत्पादन र उत्पादकत्व क्रमश ८.९, ७.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष कूल ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

मन्त्रालयका अनुसार यसवर्ष कूल उत्पादनको सबैभन्दा बढी प्रदेश नम्बर २ मा २७.० प्रतिशत हुने अनुमान छ । त्यस्तै प्रदेश नम्बर ५ र १ मा क्रमश २२.० प्रतिशत र २१.० प्रतिशत उत्पादन हुने अनुमान रहेको छ । त्यस्तै कर्णाली प्रदेशमा सबैभन्दा कम २.६ प्रतिशत उत्पादन हुने अनुमान छ ।

असार २३ गतेसम्म कुन प्रदेशमा कति प्रतिशत रोपाइँ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.