ग्वार्कोमा खुल्यो सिप्रदीको ५१औँ सर्भिस सेन्टर

  २०७६ असार २३ गते १९:१३     विकासन्युज


काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्वार्कोमा आफ्नो ५१औँ सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।

जयदेव ट्रेडिङ प्रालि सिप्रदीको ११औँ आधिकारिक सर्भिस सेन्टर हो । सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर(सिओओ) राजेशप्रसाद गिरी तथा जयदेव प्रालिका संचालक जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै निर्देशक दाहालले भने–‘सन् १९८२ मा स्थापनाभएदेखि नै सिप्रदीले उत्कृष्ट सर्भिस सेन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नमा प्रतिबद्ध रहदैँ आएको छ ।’

त्यसैगरी सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर गिरीले सर्भिस सेन्टरबाट प्रदान गरिने सेवालाई ग्राहकको अधिकार भएकोमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.