ज्योति लाईफका ग्राहकलाई बुद्ध एयरमा विशेष छुट

  २०७६ असार २३ गते १६:४०     विकासन्युज

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा बुद्ध एयरसंग साझेदारी सम्झौता सम्पन्न गरेको छ ।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहकहरुले बुद्ध एयरको बिक्री काउन्टरबाट टिकट खरिद गर्दा विशेष प्राथमिकता तथा छुट प्राप्त गर्नेछन् ।

सम्झौता पत्रमा ज्योति लाईफइन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र बुद्ध एयरका बिक्री तथा बजारीकरण विभागका निर्देशकरुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.