२५ घरबास सञ्चालकले पाए खाद्य स्वच्छतासम्बन्धी तालिम

  २०७६ असार २३ गते १६:४९     विकासन्युज

खलङ्गा । जुम्लामा पर्यटकको सङ्ख्या बढ्न थालेपछि त्यहाँका २५ वटा होमस्टे (घरबास) सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले आयोजना गरेको तीनदिने सो तालिममा होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटनको बसाइँ बढाउन र स्वच्छ परिकार बनाई उनीहरुको मन लोभ्याउनका लागि अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा जानकारी दिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताएका छन् ।

यसरी, जुम्ला पर्यटनको लागि आकर्षणको क्षेत्र भएकाले यहाँको प्राकृतिक वातावरणसँगै उनीहरूको बसाइँ लम्ब्याउन खाना, खाजा र बसोबासको व्यवस्थाबारे ध्यान दिन तालिम आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अमित भुषण सुमनले जानकारी दिए । जय होमस्टेका सञ्चालक मागे रावतले पर्यटक खानादेखि बाससम्म आकर्षण गर्न सक्नुपर्नेमा जोड दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.