आर्थिक रुपमा विपन्न छात्रालाई सांग्रिलाले गर्यो आर्थिक सहयोग

  २०७६ असार २३ गते १५:५९     विकासन्युज


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङ घरपोजङ गाउँपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा रेनुका परियारलाई उनको पढाईको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

विपन्न परिवारमा जन्मिएकी उनी पढाईमा अब्बल तथा जेहेन्दार रहेकी तर शारीरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर भएकोले पढाईमा निरन्तरता दिन कठिन भएकाले बैंकबाट उपलब्ध गराईएको आर्थिक सहयोगले उनको पढाईमा योगदान पु¥याउने विश्वास बैंकले लिएको छ ।

जोमसोम स्थित सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रमुख राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्मालाई चेक हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.