इण्डिगोले बजारमा ल्यायो वालमेट लोटस इफेक्ट्स पेन्टस्

  २०७६ असार २३ गते १०:११     विकासन्युज

काठमाडौं । इण्डिगो पेन्ट्सले वालमेट लोटस इफेक्ट्स एक्सटेरियर पेन्ट्स बजारमा ल्याएको छ । १० वर्षको प्रफमेन्स वारेन्टीका साथ ल्याइएको यो एक्सटेरियर पेन्ट्स सेल्फ क्लीरेङ्ग, वाटर रेपेलेन्ट, हाइ ग्लस्, डस्ट प्रूफ, इको फ्रेन्डली जस्ता विशेषता युक्त रहेको छ ।

वालमेट लोटस इफेक्ट्स वाटर वेस्ड इक्स्टिअरिअर पेन्ट हो । यो उत्पादन उच्च गुणस्तरीय त छ नै सँगसँगै मूल्यका हिसावले समेत प्रतिस्पर्धी छ । त्यसैले उपभोक्ताहरुले यो रंग मनपराउने विश्वास कम्पनीले लिएको छ ।

वि.सं. २०६५ सालमा उत्पादन शुरु गरेको यस कम्पनीले डिस्टेम्पर, इमल्सन, वेदरकोट, प्राइमर, वालपुट्टी लगायतका तीन दर्जन बढी सेगमेन्टमा रंगहरुको उत्पादन गर्दै आइरहेको छ । कम्पनी उत्पादन वातावरण मैत्री रहेका छन् ।

वार्षिक २५ सय टन उत्पादन गर्दै आइरहेको इण्डिगो पेन्ट्सले उद्योगको क्षमता विस्तार गरी आगामी वर्ष ३५ सय टन उत्पादन पुर्याउने लक्ष्य लिएको छ ।

प्रदेश नं. १,३,४,५,७ लगायतका प्रमुख शहरहरुमा ३ सय ५० डिलरहरुबाट कम्पनीका उत्पादन विक्री वितरण भइरहेका छन् । रंग उत्पादनको क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिद्धारा प्रवद्र्धित सो कम्पनीले ६० जनालाई रोजगारी प्रदान गरेको छ । गुणस्तरीय र सुलभ मुल्यमा इण्डिगोका रंग उपलब्ध हुँदा नयाँ नयाँ उत्पादन बजारमा ल्याइरहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.