अछामका महिलालाई घरेलु सेनिटरी प्याड उत्पादन तालिम

  २०७६ असार २३ गते ९:४३     विकासन्युज


अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकाका महिलाहरुलाई सेनिटरी प्याड उत्पादन तालिम सुरु भएको छ । पुनः प्रयोग गर्न मिल्ले गरी प्याड उत्पादन गर्ने तीन दिने तालिम आइतबारदेखि सुरु भएको हो । छाउपडी प्रथाबाट प्रभावित नगरका महिलाहरुलाई नौ वटा समूह बनाएर तामिल दिन लागिएको छ । यो तालिमले महिलाहरुलाई महिनावरी हुँदा सुरक्षित बनाउको साथै उद्दमशीलता समेत बनाउने छ ।

नगरपालिकाको आर्थिक सहयोग र संवाद डबलीको समन्वयमा सुरु भएको तालिममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको छ । नगरपालिकाका ९ वटै वडामा एउटा–एउटा समूह बनाइएको छ । प्रत्येक समूहमा तीन-तीन जना महिला हुने संवाद डबलीका सचिव धनन्वय बुढाले जानकारी दिएका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख देवराज देबकोटाले सहभागिले बढीभन्दा बढी महेनत र क्षमताको विकास गर्ने विश्वास व्यक्त गरे । देबकोटाले विगतमा पनि यस्ता धेरै कार्यक्रमहरु हुँदै आएको भएपनि यो कार्यक्रबाट क्षमताको विकास गरेर विशेष उपलब्धि हुनुपर्ने धारणा राखे ।

समूहले उत्पादन गरेको प्याड वडाका महिलाहरुको साथै आसपासका क्षेत्रमा पनि बजारीकरण गर्नेछन् । जसले छाउपडी प्रथाविरुद्धको अभियानसँगै महिलाहरुलाई उद्यमशील समेत बनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.