ग्लोबल आइएमई र जनता बैंकको सेयर कारोबार रोक्का

  २०७६ असार २२ गते १७:५०     विकासन्युज


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार भईरहेको ग्लोबल आइएमई बैंकको सेयर कारोबार रोक्का भएको छ । बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले मर्जर कार्य सम्पन्न नहुँदासम्म कारोबार रोक्का गरिएको छ ।

मर्जरका लागि दुई वटै बैंकले नेपल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दिएका छन् । यस्तै जनता बैंकको समेत सेयर कारोबार रोक्का भएको छ । यता, कैलाश विकास बैंकको पनि आजदेखि शेयर कारोबार रोक्का भएको छ । गत शुक्रबार प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो ।

यी बैंकहरुको मर्जर तथा एक्विजिशन प्रक्रिया पूरा भएर एकिकृत कारोबार भएपछि नयाँ बन्ने बैंकको नाममा सेयर कारोबार खुला हुने नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.