गुल्मीको तम्घासमा कृषि विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम

  २०७६ असार २२ गते १४:३४     विकासन्युज

काठमाडौं । गुल्मीको तम्घासमा कृषि विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम  गरेको छ । तम्घास शाखाको आयोजनामा उपल्लो तम्घास माध्यामिक विद्यालयमा एक दिने वित्तिय साक्षरता कार्यक्रम बैंकका प्रबन्धक झविलाल भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कृषि विकास बैंक, क्षेत्रीय कार्यालय भैरहवाका का मु निर्देशक सुदिपकुमार दहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका व्यवस्थापक, स्कुलका प्रधानाध्यापक, शिक्षक/शिक्षीका, विद्यार्थी समाजसेवी तथा सर्वसाधारण गरी ठूलै संख्यामा सहभागी रहेको थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय भैरहवाका का.मु. निर्देशक सुदिपकुमार दाहाले वित्तीय साक्षरताको अर्थ र आवश्यकता,नेपालको आर्थिक तथा वित्तीय प्रणाली, वचत गर्दा हुने फाईदाका बारेमा जानकारी गराउंदै सहभागी विद्यार्थी लगायत सबैमा बचत गर्ने बानी बसालौ भनि आग्रह गरे ।
कार्यक्रममा सहभागी कृषि विकास बैंकका शाखा प्रमुख राजेशकुमार श्रीवास्तव र ऋण अधिकृत नवराज गौतमले विप्रेषण, बाली तथा पशुधन सुरक्षण तथा कृषि कर्जामा प्रदान गरिने विभिन्न प्रकारका सेवा सुविधा, उद्यमशीलताको पूर्वाधारको रुपमा रहेको कृषि विकास बैंकको विभिन्न प्रकारका कर्जा तथा सापट सुविधा, बैकले ल्याएको विभिन्न प्रकारका खाताका प्रकार, बैंकले तयार पारेको जिंगल प्रदर्शन, अत्याधुनिक बैंकिंग सुविधा तथा बैंकको विद्युतीय बैंकिङ सेवा सम्बन्धमा र अनुदानका विषयमा प्रकाश पारे ।
कार्यक्रमा सहभागीहरुले उत्साहजनक तवरले आफनो जिज्ञासाहरु राख्नुका साथै बैंकले आयोजना गरेको यस प्रकारको कार्यक्रम फलदायी रहेको र भविष्यमा पनि वित्तीय साक्षरता कार्यक्रम गाँउ/गाँउमा संचालन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.