सिटिजन्स म्युचुअल फण्ड–२ का ५६ प्रतिशत मात्र बिक्री, २४ लाखको माग रद्द

  २०७६ असार २२ गते १३:२७     विकासन्युज

काठमाडौ । सिविआईएल क्यापिटल लिमिटेडले निष्काशन गरेको सिटिजन्स म्युचुअल फण्ड–२ बाँडफाँड भएको छ । कम्पनीले १ अर्ब रुपैयाँ मूल्यको सिटिजन्स म्युचुअल फण्ड–२ निष्काशन गरेकोमा ५६ करोड भन्दा कमको आवेदन परेकोले आवेदक सबैले उक्त म्युचुअल पाएका छन् ।

४४ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री नभएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि ८५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन भएकोमा ४० करोड ९९ लाख ५५ हजार रुपैयाँ बराबरको म्युचुअल फण्डको लागि मात्र आवेदन परेको थियो ।

सर्वसाधारणले म्युचुअल फण्ड खरिदको लागि आवेदन गर्न समेत नजानेको देखिएको छ । सर्वसाधारणबाट ४२२ आवेदकले २४ लाख ८८ हजार ८ रुपैयाँ बराबरको म्युचुअल फण्ड माग गरेकोमा उनीको आवेदन रितपूर्वक नभएको जनाउँदै कम्पनीले खारेज गरिदिएको छ ।

सिटिजन्स म्युचुअल फण्ड–२ को प्रबन्धक सिटिजन्स बैक इन्टरनेशनलको बीज पूँजी १५ करोड रुपैयाँको म्युचुअल फण्ड लिएको छ । राउण्डअफ गर्नको लागि २५ लाख ३३ हजार ५ सय रुपैयाँको म्युचुअल फण्ड कोष व्यवस्थापकले नै लिएको छ ।

गत जेठ ९ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणका लागि खरिद आह्वान गरिएको थियो । सेयर बजारमा आएको मन्दीसँगै प्राइमरी निष्काशनको रुपमा आएका म्युचुअल फण्ड, डिबेन्चर, हाइड्रोपावरको साधारण सेयरमा लगानीकर्ताबाट प्रयाप्त आवेदन पर्न छोडेको छ ।
बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव भएकोले पनि कम आवदेन परेको निष्काशन तथा बिक्री प्रबन्धक सिविआईएल क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.