एनएफआरएसको कारण सेयरधनीलाई १२ करोडको बोनस सेयर बाँड्न पाइएन-मनोहर दास मुल

  २०७६ असार २२ गते १०:२५     विकासन्युज

मनोहर दास मुल, अध्यक्ष-लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

एक सफल उद्यमीको रुपमा परिचित मनोहर दास मुलले प्राइभेट, साझेदारी र लिमिटेड सबै प्रकारका कम्पनीमा लगानी गर्नुभएको छ । व्यापार तर्फ उहाँको एकल कम्पनी ‘कागज कोठी’ पेपर विजनेशमा अग्रणी कम्पनी हो । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष समेत रहनु भएका मुल सिटिजन्स बैंक इन्टरनेशनलको पूर्व सञ्चालक तथा प्रवद्र्धक हुनुहुन्छ । एलाईन्स फर्मास्यूटिकल्सको अध्यक्ष, एमके पेपर मिल्सको कार्यकारी निर्देशक, माउन्टेन इनर्जी नेपालको सञ्चालक मुल नेपाल चेम्बर अफ कमर्शमा कार्यकारिणी सदस्य समेत हुनुहुन्छ । प्रस्तुत छ बीमा, बैकिङ, व्यापार, उर्जा लगायतको विषयमा उहाँसँग गरिएको विकास वहस।


तपाईले एकल, साझेदारी र पब्लिक तीनै किसिमको कम्पनीहरुमा लगानी गर्नु भएको छ । नाफा, व्यवस्थापन र जोखिमको हिसावले कुन कम्पनी कस्तो हुँदो रहेछ ?

पब्लिक लिमिटेड कम्पनीमा धेरै सेयरधनी हुन्छन् । सिस्टममा चलेको हुन्छ । सुशासन हुन्छ । नियामकले नियमित नियमन गरेको हुन्छ । यसको अर्थ निजी कम्पनीहरु खराव हुन्छन् भन्ने पनि होइन । प्राइभेट कम्पनीहरुले पनि राम्रो गरिरहेका छन् ।

पब्लिक र प्राइभेट कुन कम्पनीमा बढी नाफा हुन्छ भनेर भन्न सकिदैन । प्राइभेट भएपनि एनसेलले राम्रो नाफा गरेको छ । सिप्रदीको नाफा राम्रो छ । पब्लिक कम्पनीहरुको नाफा, आय व्यय सबै सार्वजनिक हुन्छ ।

दुबै प्रकारका कम्पनीमा जोखिम हुन्छन् । पब्लिक लिमिटेड कम्पनीहरु पनि डुबेको देखिन्छ । प्राइभेट कम्पनीहरु पनि खारेज भईरहेको देखिन्छ । नेपालको सन्दर्भमा ठूला कम्पनी खोल्ने हो भने पब्लिक कम्पनी नै राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।

अबका दिनमा तपाई नयाँ कम्पनी खोल्दा कुन मोडललाई रुचाउनुहुन्छ ?

हामीले लगानी विविधिकरणमा जोड दिएका छौ । त्यसैले व्यापार, उद्योग, सेवाका क्षेत्रमा लगानी गरेको छौ । उद्योगतर्फ पेपर उद्योग, औषधि उद्योग, जलविद्युुतमा लगानी छ । बैंक, बीमा लगायत सेवाको क्षेत्रमा पनि लगानी गरेका छौं । जहाँ लगानी गरेपनि पहिला नाफा हेर्नैपर्छ । त्यसपछि कुनै पनि व्यवसाय गर्दा भ्यालु एड कति हुन्छ ? त्यसलाई राज्यले कति प्राथमिकता दिएको छ, बजारमा माग कस्तो छ, त्यो सबै हेर्नुपर्छ ।

व्यवस्थापन र सञ्चालन गर्न कस्तो खालको कम्पनी सजिलो ?

एकल कम्पनी सञ्चालन गर्न सजिलो हुन्छ । मैले चलाएको कम्पनी राम्रो भए पनि त्यसको लाभ मैले मात्र लिने हो, नराम्रो भए पनि त्यसको जिम्मेवारी आफैले लिने हो ।

पब्लिक कम्पनीमा फरक हुन्छ । धेरै स्टेकहोल्डरको सहमति आवश्यक हुन्छ । सञ्चालक समितिमा सहमति जुटाउनुपर्छ । कम्पनीको सबै निर्णय विधिसम्मत हुनुपर्छ । नियम, कानुन, नियामकको निर्देशन पालना गर्नुपर्छ ।

तपाई आफै अध्यक्ष भएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको वर्तमान अवस्था कस्तो छ ?

१३ वर्षअघि स्थापना भएको यो कम्पनीले शुरुका वर्षहरुमा धेरै कठिनाई भोग्यो । धेरै अप्ठ्यारो अवस्थाहरु झेल्नुपर्यो । तर अहिले कम्पनी राम्रो छ । सञ्चालक समिति पनि राम्रो छ । व्यवस्थापन समिति पनि प्रोफेशनल छ । कम्पनी सुशासनमा चलेको छ । वित्तीय अवस्था सबै सार्वजनिक छन् । २० वटा निर्जीवन बीमा कम्पनी मध्ये हामी राम्रा ७/८ वटा कम्पनीभित्र पर्छौ । व्यापारको हिसावले पनि कम्पनी राम्रो छ । नाफाको हिसावले पनि राम्रो छ । यो कम्पनीको विकास दिगो रुपमा भईरहेको छ ।

पछिल्लो समय बीमा कम्पनीहरुलाई पुँजी वृद्धिको चाप छ । एनएफआरएस अनुसार वित्तीय विवरण राख्नु पर्ने छ । व्यापार विस्तार र नाफा वृद्धिमा पनि ठूलै दवाव छ । कर्मचारीको अभाव पनि देखिन्छ । यस्तो अवस्थाका कम्पनीलाई कसरी समालिरहनुभएको छ ?

२० अर्ब भन्दा बढी सेयर पुँजी हुने भयो । रिर्जभसहितको पुँजी जोड्दा झण्डै ३० अर्ब पुँजी लगानी भईसक्यो । तर व्यापार २२/२३ अर्ब मात्र छ । १ अर्ब पुँजी भएको कम्पनीलाई कम्तिमा २ अर्ब प्रिमियम आम्दानी हुनुपर्ने थियो । १ अर्ब पुँजी भएको कम्पनीले १ अर्बको व्यापार गरेर फाइदा हुँदैन ।

तपाईले महत्वपूर्ण विषयहरु उठाउनुभयो । हो, बीमा क्षेत्रमा गम्भिर चुनौतिहरु छन् । पहिला १७ वटा कम्पनी थिए, बीमा समितिले ३ वटा नयाँ कम्पनीलाई लाईसेन्स दिएको छ । प्रतिस्पर्धा धेरै छ । बीमा समितिले पुँजी वृद्धि गर्न भनेको छ । असार मसान्तसम्ममा प्रयाः सबै कम्पनीले एक अर्ब पुँजी पुर्याउँदैछन् । २० अर्ब भन्दा बढी सेयर पुँजी हुने भयो । रिर्जभसहितको पुँजी जोड्दा झण्डै ३० अर्ब पुँजी लगानी भईसक्यो । तर व्यापार २२/२३ अर्ब मात्र छ । १ अर्ब पुँजी भएको कम्पनीलाई कम्तिमा २ अर्ब प्रिमियम आम्दानी हुनुपर्ने थियो । १ अर्ब पुँजी भएको कम्पनीले १ अर्बको व्यापार गरेर फाइदा हुँदैन । तर चुनौति छन् भनेर हार खादैनौ । यस वर्ष नै हामीले १७० करोडभन्दा बढी प्रिमियम आम्दानी गर्ने लक्ष्य लिएका थियौ । बजारमा अस्वस्थ्य प्रतिस्पर्धा भए । विजनेश बढाउने मात्र उदेश्य राखेर हामीले काम गरेनौ । धेरै जोखिमपूर्ण विजनेश हामीले लिएनौ । जोखिम विश्लेषण गरेर मात्र विजनेश लिएका छौं । व्यापार धेरै गर्ने तर कम्पनी नोक्सानमा जाने अवस्था पनि आउनु राम्रो होइन । आगामी आर्थिक वर्षमा २०० करोड भन्दा बढीको व्यापार गर्न सक्छौं ।

तपाईले एनएफआरएसको कुरा पनि उठाउनु भयो । हाम्रो चुक्ता पुँजी ८८ करोड थियो । गत वर्षको नाफाबाट कम्तिमा १२ करोड रुपैयाँको बोनस सेयर दिन सकिन्थ्यो । तर एनएफआर लागू हुँदा विभिन्न नयाँ प्रावधान आए । असमाप्त जोखिमका लागि नाफाको ठूलो हिस्सा प्रोभिजनमा राख्नुपर्ने भयो । त्यसकारण हामीले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि बाटो रोज्यौ । अहिले प्रोभिजनमा राखेपनि अर्को वर्ष फिर्ता भईहाल्छ ।

बीमा समितिले तोकेअनुसार पुँजी पुग्दै छ । दुई वर्षअघि बीमा समितिले १३ वटा कम्पनीलाई लाईसेन्स दियो । फेरी मर्जरको कुरा आयो । फेरी तीन वर्षपछि नयाँ लाईसेन्स दिने होला । बीमा बजारको बारेमा राम्रो अध्ययन नै भएन । मर्ज गरेर पनि समस्याको समाधान होला जस्तो मलाई लाग्दैन । मर्ज नै गर्नु छ भने पहिला पुँजी वृद्धि गर्दा नै हकप्रद सेयर दिन रोक्नु पर्दथ्यो । नयाँ कम्पनीलाई लाईसेन्स नदिनुपथ्र्यो ।
प्रतिस्पर्धा झन् बढ्छ । अब बलिया कम्पनी रहन्छन् । कमजोर कम्पनी मर्जमा जान्छन् । बजारको नियम पनि यहि नै हो ।

बीमा बजार वृद्धिका लागि के के विधि अपनाउनुर्पछ ?

जब्र्बजस्ती बीमा गर्नु राम्रो हुँदैन । स्वेच्छाले बीमा गर्ने वातावरण बनाउन पर्यो । त्यसका लागि जनचेतना बढाउनुपर्छ । बीमा समितिले जसरी जनचेतना बढाउने काम गरेको छ, त्यो पर्याप्त छैन । नियमले बाँधिएकोले तेस्रो पक्षको बीमा हुन्छ, गाडी बीमा हुन्छ । घर बनाउन वा व्यवसाय गर्न बैंकबाट ऋण लिनुपूर्व बीमा गर्नैपर्छ। त्यो अवस्थामा बीमा भएको छ । तर स्वेच्छाले बीमा भएन ।

समस्या के छन् भने बीमा दावी भुक्तानी प्रक्रिया लामो छ । बीमा पोलिसीमा सर्तहरु पनि धेरै हुन्छन् । ती सर्तहरु बीमितले बुझ्ने प्रयास पनि गरेका छैनन् । बीमकले बुझाउने काम पनि गरेको छैनन् । दावी गर्दा सर्त हेरेर भुक्तानी हुन्छ । ‘बीमा गरेर पनि के गर्ने ? दावी गर्ने बेलामा कम्पनीले किच्किच गर्छ’ भन्ने जनगुनासो छन् ।

२०७२ सालको भूकम्पपछि बीमा गर्नु पर्ने रहेछ भन्ने धेरैले महसुश गरेका थिए । हामीले पनि अब बीमा बजार विस्तार होला भन्ने अपेक्षा गरेका थियौं । तर अपेक्षा गरेजस्तो भएन । अहिले पनि बजार विस्तार १७/१८ प्रतिशत मात्र छ । समस्या के छन् भने बीमा दावी भुक्तानी प्रक्रिया लामो छ । बीमा पोलिसीमा सर्तहरु पनि धेरै हुन्छन् । ती सर्तहरु बीमितले बुझ्ने प्रयास पनि गरेका छैनन् । बीमकले बुझाउने काम पनि गरेको छैनन् । दावी गर्दा सर्त हेरेर भुक्तानी हुन्छ । ‘बीमा गरेर पनि के गर्ने ? दावी गर्ने बेलामा कम्पनीले किच्किच गर्छ’ भन्ने जनगुनासो छन् । यस्ता समस्याको समाधान खोजिनुपर्छ । दावी भुक्तानी सरल बनाइनुपर्छ ।

वित्तीय क्षेत्रलाई भ्याट लाग्नु नपर्ने हो । बीमा पनि वित्तीय क्षेत्र नै भएपनि निर्जीवन बीमामा भ्याट लाग्छ । भ्याट लगाईसकेपछि गैर वित्तीय क्षेत्रको रुपमा स्वीकार गरेर आयकर २५ प्रतिशत पनि बनाईएको छैन, ३० प्रतिशत नै आयकर लाग्छ । यो विषयमा बीमा कम्पनीका प्रवद्र्धकहरुले किन मौन छन् ?

बीमामा कर धेरै छ । आयकर पनि ३० प्रतिशत छ । १३ प्रतिशत भ्याट पनि लाग्छ । बीमा समितिले १ प्रतिशत सेवा शुल्क लिन्छ । अन्य अप्रत्यक्ष करहरु पनि धेरै शिर्षकमा जान्छ । कर कम भइदिए बीमा शुल्क केही सस्तो हुने थियो । उपभोक्तालाई लाभ हुने थियो ।
अहिलेसम्म हामीले भ्याट छुट दिनुपर्छ पनि भनेका छैनौ । यसको लागि हामीले पहल गर्नुपर्ने भएको छ । अहिलेसम्म जीवन बीमा कम्पनीले स्वास्थ्य बीमा गर्दा भ्याट लाग्दैन तर निर्जीवन बीमा कम्पनीले स्वास्थ्य बीमा गर्दा भ्याट लाग्छ । अगामी वर्षदेखि निर्जीवनले स्वास्थ्य बीमा गर्यो भने पनि भ्याट नलाग्ने बनाएको छ । यस्तो सुधार गर्नु पर्ने ठाउँ धेरै छन् ।

तपाई बैंकको सञ्चालक पनि हुनुभयो । बीमा कम्पनीको अध्यक्ष हुनुहुन्छ । बैठक भत्ता मात्र लिएर सञ्चालक समितिले कति राम्रो काम गर्न सक्छ ?

बैठक भत्ता भनेको मेरो लागि केही पनि होइन । हामीले भत्ताको लागि काम गर्ने पनि होइन । पब्लिक कम्पनीको बोर्डमा बसेर काम गर्नु भनेका सामाजिक काम गरे सरह हो । बोर्डमा बसेर हामीले मिहेनत गरेर कम्पनीलाई राम्रो बनायौ, नाफा धेरै गर्यौ भने सबै सेयरधनीले पाउने लाभांश समान हो । बोर्डमा बस्नेलाई अझ जोखिम धेरै छ । व्यवस्थापन समितिले गल्ती गरेको रहेछ भने पनि बोर्डका सञ्चालकले जिम्मेवारी लिनुपर्छ । खराव अवस्थामा जेलमा पर्नेसम्मको जोखिम हुन्छ ।

हामीले नयाँ भवन बनाएका थियौं । अध्यक्षको लागि अलग्गै अफिस कोठा थियो । डा फत्तबहादुर केसीको पालामा बीमा कम्पनीमा अध्यक्ष बस्ने कोठा पनि नराख्नु भन्ने निर्देशन आयो । म कम्पनीमा जान्थे तर अध्यक्षको कोठामा पनि बसिन । अध्यक्षको कुर्सीमा पनि बसिन । कुर्सीमा बस्यो भने पनि बीमा समितिले कारवाही गर्ने डर थियो ।

बीमा समितिले यति धेरै टाइट गर्यो कि कुरै नगरौ । हामीले नयाँ भवन बनाएका थियौं । अध्यक्षको लागि अलग्गै अफिस कोठा थियो । डा फत्तबहादुर केसीको पालामा बीमा कम्पनीमा अध्यक्ष बस्ने कोठा पनि नराख्नु भन्ने निर्देशन आयो । म कम्पनीमा जान्थे तर अध्यक्षको कोठामा पनि बसिन । अध्यक्षको कुर्सीमा पनि बसिन । कुर्सीमा बस्यो भने पनि बीमा समितिले कारवाही गर्ने डर थियो । अहिले नीति परिवर्तन भयो । त्यसपछि मात्र अध्यक्षको कुर्सीमा बस्न थालेको छु ।

मर्जबारे सिटिजन्स बैंक इन्टरनेशनल के गर्दै छ ?

सिटिजन्स बैंक इन्टरनेशनल राम्रो छ, बलियो छ । राष्ट्र बैंकले मर्जमा जान निर्देशन दिनुपूर्व नै साधारणसभाले नयाँ बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने निर्णय लिएका छौं । मर्जर कमिटी बनाएर काम भईरहेको छ । यसअघि नै ४ वटा संस्था प्राप्ति गरिसकेका छौं । हामी अरु बैंकमा विलय भएर जाने अवस्था छैन । अरुलाई प्राप्ति गर्ने हो ।

पेपर विजनेश कस्तो छ ?

यो हाम्रो पुरानो व्यापार हो । चलिरहेको छ । बजार बढ्दै गएको छ । अर्थतन्त्र बढ्दै छ । साक्षरता बढ्दै छ । किताव, कापीको खपत बढ्दै गएको छ ।

कारोबार कति छ ?

बीमाको सबै कुरा भन्न सक्छु तर निजी विजनेशको विषयमा हामीले धेरै कुरा भन्न सक्दैनौ ।

विश्वमा पेपरलेस क्लिन विजनेशको माग पनि बढ्दै गएको छ । नेपालका कस्तो छ ?

नेपाल, भारत लगायत एशियाली देशहरुमा पेपरको माग बढ्दै गएको छ । पश्चिमा देशहरुमा, विकशित देशहरुमा पेपर खपत घट्दै गएको छ । न्युजपेपर नै उदाहरणको रुपमा लिन सकिन्छ । विकशित देशहरुमा चर्चित पेपर बन्द भएर डिजिटल मिडियाको प्रयोग बढ्दै गएको छ ।

अर्को महत्वपूर्ण कुरामा तपाईहरुको ध्यान जान जरुरी छ । अहिले विश्वमा बन्ने धेरै पेपर रिसाईकलबाट उत्पादन हुन्छन् । नेपालमा बन्ने सबै पेपर रिसाईकलबाट बन्छ । यस्तो पेपर किताव, कापी छाप्नको लागि मात्र हुन्छ । ए ग्रेडको पेपर नेपालमा बन्दैन । जुन देशमा रुख काटेर कागज उत्पादन गरिन्छ, ती देशमा जति रुख काट्यो, त्यति नै रुख रोप्ने अभ्यास शुरु भईसकेको छ ।

तपाईको बुझाइमा व्यापार सजिलो कि उद्योग सजिलो ?

व्यापारमा कारोबार धेरै होला तर नाफा कम हुन्छ । उद्योग चलाउन गाह्रो । चलाउन सक्यो भने उद्योगमा नाफा बढी हुन्छ । तर पनि हामीले व्यापार र सेवाको क्षेत्रमा फोकस गरेका छौं । उद्योगमा सानो सानो लगानी छ ।

उर्जाको क्षेत्रमा पनि लगानी गर्नु भएको छ । यो क्षेत्रको अवस्था कस्तो छ ?

पहिला हामीले नुवाकोटको तादी खोलामा ५ मेगावाटको जलविद्युत आयोजना बनायौं । पछि ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत बनाउँदै छौ । दुबै प्रोजेक्ट माउन्टेट इनर्जी नेपाल लिमिटेड अन्तरगत ल्याएका छौं । यसको अध्यक्ष सुहृत घिमिरे हुनुहुन्छ । म बोर्ड मेम्बर मात्र हुँ । यसमा लगानीकर्ता धेरै जना हुनुहुन्छ ।

शुरुमा हामी निकै उत्साहित भएर जलविद्युतमा लगानी गरेको थियौ । तर अहिले त्यस्तो उत्साह छैन । समस्याहरु धेरै छन् । स्थानीय तहबाट पनि धेरै समस्या आए । सरकारको नीति पनि स्थीर भएन । निर्माण लागत पनि धेरै आयो । यो क्षेत्रमा लगानी गर्दा धेरै पक्षमा विचार गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.