अजोडको प्रथम वार्षिकोत्सवः सिइओ खत्रीसहित ५९ जनाले गरे रक्तदान

  २०७६ असार २० गते १९:२५     विकासन्युज


काठमाडौ । अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कुमारबहादुर खत्रीले रक्तदान गरेर उक्त कार्यक्रमको सुरुवात गरेका हुन् । राजधानीको सुन्धारास्थित कम्पनीको प्रधान कार्यालयमा भएको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् ।

अजोड इन्स्योरेन्स कम्पनीको १७ वटा बीमा काउन्टर रहेको छ । यस्तै, एउटा ग्राहक सेवा केन्द्रबाट बीमा सेवा प्रवाह गरिरहेको कम्पनीले ३३ वटा बैंक तथा वित्तीय संस्थामा आफ्नो संस्थागत अभिकर्ता आवद्ध रहेको जनाएको छ ।

कम्पनीका सिईओ खत्रीले विकासन्युजसँग भने–‘हाम्रो कम्पनीको एक बर्षमा ४० करोड रुपैयाँ बीमा शुल्क प्रिमियम संकलन भएको छ ।’ खत्रीले हालसम्म आफूहरु आवश्यक पूर्वाधार निमार्णमा जुट्दै आएकाले आगामी दिनमा भने बीमा सेवा प्रवाहमा लाग्ने बताए । उनले डिजिटल रुपमा सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकतामा राख्दै आएको बताए ।

यस्ता छन् अजोडका प्रडक्टहरु
कम्पनीले विभिन्न शीर्षकमा बीमितलाई बीमा सेवा प्रदान गर्दै आएको छ । हाल प्रपटी इन्स्योरेन्स, मोटर भेइकल इन्स्योरेन्स, म्यारिन–ट्रान्जिट काग्रो इन्स्योरेन्स, मिस्सिलीनिअस इन्स्योरेन्स, इन्जिनियरिङ् इन्स्योरेन्स, एभियसन इन्स्योरेन्स, एग्रीकल्चर इन्स्योरेन्स, माइक्रो इन्स्योरेन्स शीर्षकका बीमितलाई बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.