नेबिको प्रालिले गर्यो निःशुल्क स्वास्थ्य शिविर, सयौँले गराए स्वास्थ्य परीक्षण

  २०७६ असार २० गते १६:५०     विकासन्युज


काठमाडौँ । नेपाल कै जेठो बिस्कुट तथा कन्फेक्सनरी उत्पादन नेबिको प्रालिले स्वास्थ्य जीवन, सफल जीवन भन्ने नारा सहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बालाजु स्थित कम्पनी परिसरमा आयोजित स्वास्थ्य शिविरमा सयौँ व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको हो ।

पिपुल्स डेण्टल हस्पिटलसँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरिएको हो । कम्पनीले ५५ औँ वर्षगाँठ मनाइरहँदा सामाजिक कार्यलाई निरन्तरता दिंदै आएको कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.