सिद्धार्थ बैक र यूकेएडबीच सम्झौता, साना तथा लघु उद्यमीलाई प्रवद्र्धन गर्ने

  २०७६ असार २० गते १६:४९     विकासन्युज

काठमाडौ । लघु तथा साना उद्यमीहरुलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ सिद्धार्थ बैक र यूकेएड सक्षम ‘एक्सेस टु फाइनान्स’ बिच शुक्रबार राजधानीमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता गर्ने क्रममा सिद्धार्थ बैकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शम्भुनाथ गौतम र सक्षम टोलीका प्रमुख निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सक्षम एक्सेस टु फाइनान्स यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो । सो कार्यक्रमलाई नेपाल सरकार र संयुक्त अधिराज्य बिचको सम्झौतको एक हिस्साको रुपमा लिन सकिन्छ । नेपालमा स्थानिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुसँगको साझेदारीमा डिएफआईडी नेपालका लागि लुइस बर्जरले कार्यान्वयन गरिरहेको पाईन्छ ।

वि.सं. २०५९ मा स्थापित बैकले ग्राहलाई बैकिङ् सेवा प्रदान गर्दै आएको छ । बैकले हाल १ सय १९ अर्ब रुपैयाँ बराबरको निक्षेप परिचालन गरिरहेको छ । यस्तै, १ सय ७ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ । मुलक भरी बैकका १ सय ५६ शाखा, सय शाखा रहित बैकिङ् सेवा १७२ एटिएम तथा १४ सय ५० भन्दाबढी बिक्री बिन्दु रहेका छन् । ‘सम्बन्ध सधैं भरीलाई’ भन्ने बैकको मूल नारा रहेको पाईन्छ ।

सोही कार्यक्रमको अवसरमा सिद्धार्थ बैकका प्रमुख कार्यकारी अधिकृत सिईओ शम्भुनाथ गौतमले भने–‘हामीले पहिले देखी नै मझौला क्षेत्रमा काम गर्ने उदेश्य बोकेर हिडेका थियौ, सो उदेश्यले अब पूर्णता पाउँने बेला आएको छ ।’ नेपालमा कृषी पछाडीको अधिकांश हिस्सा साना तथा मझौला उद्योगमा रहेकाले यसमा समेत विकासको क्षमता रहेको उनले बताए । यस्तै, पहिले शाखा बिस्तारमा ध्यान केन्दीत गर्दै आएको सिद्धार्थ बैकले अबको दिनमा भने सेवा तथा व्यापारमा बिस्तारमा समेत जोड दिने कार्यक्रममा बताइएको छ ।

सक्षम टोलीका प्रमुख निर्मल दाहालले भने-‘नेपालमा हामीले ग्रामीण क्षेत्रमा काम गर्ने उदेश्य राखेका छौँ, सो उदेश्यकालागी प्राविधिक विकासलाई जोड दिने छौँ ।’ सोही कार्यक्रममा प्राईभेट सेक्टर डेभलपमेण्ट एडभाईजर डिएफआईडीका रवि रायमाझी र एसएमई प्रमुख अर्जुनभद्र खनाल लगाएतको कार्यक्रममा सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.