सरकारी गाडी नचढेको माधव नेपालको प्रष्टोक्ति

२०७६ असार १९ गते १९:२६ विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता माधव कुमार नेपालले सरकारी गाडी उपयोग नगरेको स्पष्ट पारेका छन् । पूर्व बिशिष्टलाई बिलासी गाडी भनेर बिभिन्न सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेपछि पूर्व प्रधानमन्त्री नेपालको सचिवालयले त्यसको खण्डन गरेको हो ।

नेपालका स्वकिय सचिव मोहन गौतमले विज्ञप्ति प्रकाशित गर्दै सरकारी गाडी, इन्धन लगायतका कुनै पनि सुविधा नलिएको स्पष्ट पारेका हुन् ।