फागुन १३ देखि १७ गतेसम्म पाँचौं चेम्बर एक्स्पो हुने

  २०७६ असार १९ गते १९:२४     विकासन्युज


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीमार्ग काठमाण्डौंमा पाँचौं नेपाल चेम्बर एक्स्पो २०२० आयोजना गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एवम् व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउँदै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिएको एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए ।

मेलाको व्यवस्थापनमा पनि विशेष ध्यान दिइने मेलाको व्यवस्थापक इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.