नेपाल एसबीआई बैंकको अध्यक्षमा बिआरएस सत्यनारायण चयन

  २०७६ असार १९ गते १८:५०     विकासन्युज


काठमाडौँ । नेपाल एसबीआई बैंक संचालक समितिको असार १९ गते बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक बिआरएस सत्यनारायणलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ ।

अध्यक्ष बिआरएस सत्यनारायण, एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक समितिका अध्यक्षसत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा विहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.