सात बाणिज्य बैंकले राष्ट्र बैंकमा बुझाए मर्जर सम्बन्धी पत्र

  २०७६ असार १९ गते १८:३८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकलाई मर्जरबारे एकल प्रतिवद्धता पठाएको छ । राष्ट्र बैंकले जोडी खोज्न दिएको ७ दिनको सीमाभित्र रहेर लक्ष्मी बैंकले विहीबार पत्र पठाएको हो ।

‘हामी मर्जमा जान इच्छुक छौं । पहिलापनि प्रयास गरेका हौ । विदेशी चार्टर्ड एकाउन्टेट लगाएर डीडीएपनि गराएका हौ । तर, विगतको प्रयास सफल नभएको राष्ट्र बैंकलाईपनि जानकारी छ । अहिले पनि हामी मर्जरको लागि इच्छुक छौं’ लक्ष्मी बैंक स्रोतले भन्यो-‘यहि बेहोरा उल्लेख गरी राष्ट्र बैंकमा पत्र बुझाएका छौं ।’

७ दिनकाे छाेटाे अवधिमा मर्जरकाे लागि नयाँ जाेडी तयार गर्ने काम कठिन भएकाे उनले बताए ।

यता, सानिमा बैंकले नेपाल राष्ट्र बैंकलाई मर्जरको विषयलाई लिएर आज पत्र पठाएको छ । बैंकमा आज बसेको संचालक समितिको बैठकले यस्तो अब अध्ययन गरेर प्रक्रिया अघि बढाउने गरी राष्ट्र बैंकलाई पत्र पठाएको हो ।

राष्ट्र बैंकले जोडी खोज्न दिएको ७ दिनको सीमाभित्र रहेर सानिमा बैंकले विहीबार पत्र पठाएको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट, मेगा, सनराइज, सिटिजन्स, सनराइज र सिभिल बैंकले पनि आजै राष्ट्र बैंकलाई पत्र पठाएको बुझिएको छ । प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले आज मर्जरका विषयलाई लिएर बैठक बसेपनि टुंगो नलागेको बताए । सोमबार यसै विषयलाई लिएर पुनः बैठक बस्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.