जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

  २०७६ असार १९ गते १८:३५     विकासन्युज


काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिलबीच बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुलाई स्वस्थ्य सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ ।

संझौता पत्रमा हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.