ओपोको एफ ११ नयाँ रंगमा सार्वजनिक गर्ने तयारी, ज्वेलरी ह्वाइट चाँडै उपलब्ध हुने

  २०७६ असार १९ गते १७:४३     विकासन्युज

काठमाडाैं । वैश्विक ब्राण्डका रुपमा परिचित चिनिया स्मार्टफोन निर्माता कम्पनीओपोले गत अप्रिल महिनामा आफ्नो एफ ११ सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप मोडलहरु सार्वजनिक गरेको छ। उपभोक्ता माझ निकै लोकप्रिय प्रमाणित हुन सफल एफ ११ प्रो अन्तर्गत कम्पनीले लगतै एफ ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड इडिशन पनि सार्वजनिक गरेको हाे ।

कम्पनीले ओपो एफ११ पनि नयाँ रंगमा उपलब्ध गराउने घोषणा गरेको छ । ओपोका अनुसार चाँडै नै कम्पनीले एफ११ लाई ज्वेलरी ह्वाइट रंगमाउपलब्ध गराउने तयारी थालेको छ । रु. ३७ हजार ९ सय ९० मूल्य निर्धारण गरिएको एफ ११ हाललाई मार्वेल ग्रिन र फ्लोराइट पर्पल रंगमा उपलब्ध छन् । सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ रंगको एफ ११ लाई पनि उपभोक्ताले पछिल्ला मोडललाई झैँ रुचाइ उत्तिकै माया दिने कम्पनीको दृढ विश्वास छ ।
कार्यक्रममा बोल्दै नेपालमा प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने “वैश्विक ब्राण्डका रुपमा ओपोले आफ्ना उपभोक्ताका माग र आवश्यकतालाई विशेष प्राथमिकताका साथ बुझ्न सदैव तत्पर रहन्छ । उत्पादन मार्फत तिनलाई मिल्ने सन्तुष्टि नै हाम्रालाई प्रमुख प्राथमिकताको विषय हो । व्यक्ति पिच्छे मानिसको ब्यक्तित्व फरक हुन्छन् । रंगले पनि एक वा अनेक तवरमा तिनको व्यक्तित्व झल्काउने गर्छ ।”
कम्पनीका अनुसार नयाँ रंगको एफ ११ (ज्वेलरी ह्वाइट) नेपाली बजारमा प्रमुख विक्रेता मार्फत मध्य जुलाई देखि सर्वत्र उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.