जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलद्वारा नागपोखरीमा फिजियोथेरापी सञ्चालन

  २०७६ असार १९ गते १६:५८     विकासन्युज

काठमाण्डौं । नेपालस्थित जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलले नक्सालको नागपोखरीमा आचार्य महाश्रमण फिजियोथेरापी सेन्टर सञ्चालनमा ल्याएको छ । वरिष्ठ उद्योगपति, समाजेसेवी बुद्धिजीवीहरुको बृहत उपस्थितिमा भव्य कार्यक्रमको आयोजना गरी उक्त फिजियोथेरापी सेन्टरको उदघाटन गरिएको थियो ।

यस फिजियोथेरापी सेन्टरले असहाय, अशक्त, अपाङ्ग एवम् आर्थिक रुपमा कमजोर भएका व्यक्तिहरुलाई जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलको सिफारिसमा निःशुल्क सेवा प्रदान गर्ने तथा अन्य व्यक्तिहरुको हकमा न्यूनतम् शुल्क लिई उक्त सेवा प्रदान गर्ने भनि जैन स्वेताम्बर तेरापन्थका अध्यक्ष रश्मि जैनले कार्यक्रममा बताएका छन् ।

उक्त फिजियोथेरापी सेन्टर सञ्चालनका लागि जावलाखेलस्थित आशास हेल्थ केयरले मेडिकल सहयोग गरेको अध्यक्ष जैनले उक्त कार्यक्रममा जानकारी गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.