भूकम्प प्रभावित लाभग्राहीहरूका लागि सहुलियतपूर्ण ऋणसम्बन्धी सचेतना

  २०७६ असार १९ गते १५:१९     विकासन्युज

काठमाडौं । यूकेएड सक्षम एक्सेस टु फाइनान्सले भूकम्प प्रभावित लाभग्राहीहरूका लागि सहुलियतपूर्ण ऋणसम्बन्धी तीन दिने सचेतना कार्यक्रम सञ्चालन गरेको छ । वि.स २०७२ साल बैशाख १२ गते गएको भूकम्पले क्षति ग्रस्त व्यक्तिका लागि सो कार्यक्रम असार १६ देखि १८ सम्म क्रमशः गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका तथा पालुङटार नगरपालिका गरी तीन स्थानहरूमा सञ्चालन गरिएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वैदेशिक सहायता समन्वय शाखाका शाखा प्रमुख दिव्यराज पोख्रेल विशेष अतिथिका रूपमा र प्राधिकरणकी नमिता पौडेल बैङ्किङ समन्वय विशेषज्ञको रुपमा तीनवटै सचेतना कार्यक्रमहरूमा उपस्थिति भएका थिए । सो असार १६ मा सम्पन्न भएको कार्यक्रममा सभापतिको रुपमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, गोरखाका प्रमुख रामशरण आचार्य थिए भने अतिथिका रूपमा गोरखा नगरपालिकाका उपमेयर विनाकुमारी श्रेष्ठ रहेका थिए ।

असार १७ को कार्यक्रममा सभापतिको रूपमा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अतिथिको रूपमा शहिद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी तथा शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगर र अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, गोरखाका प्रतिनिधि श्री शैलेन्द्र भट्टको उपस्थिति रहेको थियो ।

त्यस्तै असार १८ को कार्यक्रममा सभापतिको रुपमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, गोरखाका प्रमुख रामशरण आचार्य रहेका थिए भने प्रमुख अतिथिका रूपमा पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल थिए । त्यसैगरी पालुङटार नगरपालिकाकी उपमेयर पम्फा बसेले अतिथिको रुपमा कार्यक्रममा प्रतिनिधित्व गर्नु भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पोख्रेलले सहुलियत ऋणको सम्बन्धमा प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा सक्षम एक्सेस टु फाइनान्सका आवास पुननिर्माण आयोजना प्रमुख विभुप्रसाद अर्यालले भूकम्प प्रभावित लाभग्राहीहरूलाई सहुलियतपूर्ण ऋण तथा वित्तीय साक्षरताको महत्वका बारेमा प्रकाश पारेका थिए ।

लाभग्राहीहरूले सहुलियत ऋण सम्वन्धमा राखेका ऋण रकम, ऋण अवधि, व्याजदर, आवश्यक कागजात लगायत विभिन्न विषयका जिज्ञासाहरुको अर्यालले उत्तर दिए । सक्षम एक्सेस टु फाइनान्स, यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो जुन नेपाल सरकार र संयुक्त अधिराज्यबीचको सम्झौताको एउटा हिस्सा हो । यसलाई नेपालमा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा डिएफआइडी नेपालका लागि लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.