नेपाल बंगलादेश बैंकको २ अर्बको ऋणपत्र बाँडफाँड, आवेदन दिने सबैले मागे जति पाए

  २०७६ असार १९ गते १२:५७     विकासन्युज


काठमाडौँ । नेपाल बंगलादेश बैंकको  ऋणपत्र बिहीबार बाँडफाँड भएको छ । सर्वसाधारण समूहबाट ११ करोड ४७ लाख ७८ हजार रुपैया र व्यक्तिगत तबरबाट १ अर्ब ८८ करोड ५२ लाख २२ हजार रुपैयाँ गरी २ अर्बको ऋणपत्र बाँडफाँड गरिएको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट लिमिटेडले जनाएको छ ।

बैंकको १०.२५ प्रतिशत एनबीबीएल डिबेञ्चर २०८५ को रु. १ हजार अंकित दरको २० लाख कित्ता ऋणपत्र जेठ १० गतेदेखि असार ८ गतेसम्म सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरिद आह्वान गरिएको थियो । सो मध्ये १२ लाख कित्ता डिबेञ्चरले हुन आउने कूल १ अर्ब २० करोड ऋण पूँजी रकम विभिन्न व्यक्ति वा संघसंस्थालाई व्यक्तिगत तवरबाट तथा ८ लाख कित्ता डिबेञ्चरले हुन आउने कूल ८० करोड ऋण पूँजी सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।

बैंकको केन्द्रीय कार्यालयमा बिहीबार एक कार्यक्रमका बीच ऋणपत्र बाँडफाँड गरिएको हो । सर्वसाधारण समूहलाई ८ लाख कित्ता ऋणपत्र खरिद आह्वान गरिएकोमा ८३४ आवेदकहरुबाट कूल १ लाख २६ हजार ९ सय २८ कित्ताको लागि आवेदन परेको थियो । त्यसमध्ये १३९ जनाबाट आएको १२ हजार १ सय ५० कित्ताको आवेदन विविध कारणवश रद्द भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

रितपूवर्क आवदेन दिने ६९५ जनाले माग गरे बमोजिम नै १ लाख १४ हजार ७ सय ७८ कित्ता ऋणपत्र वितरण गरिएको हो । साथै, व्यक्तिगत तवरबाट १२ लाख कित्ता ऋणपत्र आह्वान गरिएकोमा २७ जना आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ६ लाख ८५ हजार २ सय २२ कित्ता समेत गरी १८ लाख ८५ हजार २ सय २२ कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.