असार २० गते देखी काठमाडौं इन्जिनियरिङ क्याम्पसमा ‘दृष्टि २.०’ हुँदै

  २०७६ असार १९ गते ११:४१     विकासन्युज

काठमाडौं। काठमाडौं ईन्जिनियरिङ्ग कलेजले ‘दृष्टि २.०’ तीन दिने प्रर्दशनी आयोजना गर्ने भएको छ।

विद्यार्थीहरुमा लुकेर रहेका विभिन्न प्रयोगत्मक प्रतिभा र वैदिक ज्ञानहरु बाहिर प्रस्फुटन गराउन यही असार २० गते देखी २२ गते सम्म राष्ट्रिय स्तरको दृष्‍टि २.० को कार्यक्रम संचालन गर्न गईरहेको कलेजका स्वोतन्त्र विद्यार्थी परिषद्का सभापति पुर्णबहादुर खड्काले जानकारी दिए।

ईन्जिनियरिङ्ग क्षेत्रमा निरन्तर पढाईको साथसाथै दृष्‍टि जस्ता विभिन्न कार्यक्रमहरु निस्चित समयको अन्तरालमा गर्नाले विद्यार्थीको शैक्षिक क्षेत्रका साथसाथै अन्य प्रयोगात्मक प्रतिभा पनि अभिव्रिद्दी हुने कुरा खड्काले बताए।

उक्त प्रर्दशनीमा विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा देखाउन लागिएको खड्काले जानकारी दिए । कार्यक्रममा भूकम्प प्रतिरोधी मोडलहरु, फोटोग्राफी, आर्किटेक्चर कम्पिटिसन, पेपर बृज कम्पिटिसन, रोबोड्रिफ्ट, इलेक्ट्रिकल र इलोक्ट्रोनिक्स सम्बन्धी इनोभेसन लगायत विभिन्न इन्जिनियरिङ विधाका प्रोजेक्टहरुको प्रर्दशनी हुनेछ ।

कलेजमा रहेका ६ वटा संकायगत क्लबहरुले आ–आफ्नो क्लबबाट नयाँ–नयाँ डिजाइन, नयाँ कन्सेप्टका प्रोजेक्टहरु प्रर्दशन गर्ने सभापति खड्काले जानकारी दिए। कार्यक्रमले ईन्जिनियरिङ्ग क्षेत्रका नयाँ आविश्कारहरुलाई ईन्जिनियरिङ्ग पढ्ने वर्ग र आम विद्यार्थीका सिदान्तका कुराहरुलाई प्रयोगात्मक रुपमा ल्याउन सहयोग पुग्ने कुरा कलेजका प्रधानाध्यापक प्रा. हिरेन्द्रमान प्रधानले बताए।

कार्यक्रममा ५० लाखभन्दा बढी खर्च हुने गरी बृहत प्रर्दशनी आयोजना गर्न लागेको आयोजकले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.