त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

  २०७६ असार १८ गते १९:१७     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवा आयोगको परिक्षाको परिणाम फेरवदल गरेको प्रमाण फेला परेपछि बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपुर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीहरुका आफन्तहरुलाई जागिर खुवाएको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणी पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोईराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी ईन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सह-प्राध्यापक तारा प्रकाश पौडेल र रामबहादुर पाण्डे क्षत्री सहित १० जना विरुद्ध मुद्धा दायर गरेको हो ।

उनीहरुले थोरै नम्बर ल्याउने परिक्षार्थीहरुलाई नम्बर थपिदिएर सेवा आयोगको परिक्षा उतिर्ण गराई जागिर खुवाएका थिए । अख्तियारले गरेको लामो अध्ययनपछि उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.