नेको इन्स्योरेन्सले सेयरधनीलाई १२ प्रतिशत बोनश सेयर दिने

  २०७६ असार १८ गते १२:१८     विकासन्युज

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरुलाई १२ प्रतिशत बोनश सेयर दिने भएको छ ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट १४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको अर्थात १२ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिको प्रस्ताव बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि बोनश सेयर वितरण गरिने कम्पनी सचिव विष्णुप्रसाद धितालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.