नेपालको पहिलो स्मार्ट फिल्म सिटी लमजुङमा, ५ अर्ब ९० करोड लागतकाे अनुमान

  २०७६ असार १८ गते १८:३३     विकासन्युज

काठमाडौं । लमजुङ जिल्लाकाे बेसीसहर नगरपालिकामा नेपालको पहिलो स्मार्ट फिल्म सिटी निर्माण हुने भएको छ । ५ हजार रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त फिल्म सिटी, स्काई इन्टरटेन्मेन्ट इन्भेस्कमेन्ट प्रा.लि र नेपाल एण्ड वर्ल्ड एसिया होल्डिङ (एसआरएल)इटाली कम्पनीबीच सो ‘वर्ल्ड स्काई सिनेभिलेज नेपाल’ निर्माणको लागि सम्झौता भएको छ ।
उक्त फिल्म सिटी निर्माणका लागि ५ अर्ब ९० करोड रुपैयाँ लाग्ने अनुमान रहेको छ । नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्टका सञ्चालक तथा नेपाल चलचित्र उत्पादन संघका अध्यक्ष आकाश अधिकारी र इटालियन नेपाल एण्ड वर्ल्ड एसिया होल्डिङ एसआरएल कम्पनीका प्रमुख फ्रानसिस्को सिग्रिरियल्लोले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रमुख अतिथि सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले फिल्म सिटी निर्माणको समयमा हुने समस्यालाई सरकारले हल गर्ने प्रतिवद्धता व्यक्त गर्दै फिल्म क्षेत्रमा धेरै विकास गर्ने मन हुँदाहुँदै पनि धन र प्रविधिको कारण पछि परेको बताए । उक्त सिनेसिटी करिब ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकाे मन्त्री बास्काेटाले भने ।

सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा चलचित्र उत्पादन संघका अध्यक्ष तथा स्काई इन्टरटेन्मेन्टका सञ्चालक आकाश अधिकारीले करिब ५ अर्ब ९० करोड रुपैयाँबाट निर्माण कार्य सुरु गर्ने सो प्रोजेक्टका साथै सिनेमा अध्ययनका लागि विद्यालयको पनि स्थापना गर्ने बताए । उनले भने निर्माण हुने सो फिल्म सिटीमा जुनसुकै किसिमका सिनेमाहरुको छायाकंन गर्न सक्ने तथा अन्य देशमा छायाकंनका लागि निर्धारित मूल्यभन्दा कम मूल्यमा संचालन गर्ने याेजना रहेकाे छ ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली सिनेमा क्षेत्रका निर्देशक तथा कलाकार निर शाहले राष्ट्रिय चलचित्र उद्योगको विकासका लागि कसरी अगाडी बढ्नु पर्छ भन्ने कुरा मनन् गर्दै अगाडी बढ्नु पर्ने बताए । शाहले उक्त फिल्म सिटी निर्माणका विषयमा आगामी दिनमा नकारात्मक कुरा भन्दा नि सकारात्मक विषयको चर्चा परिचर्चा सुन्ने अवसर सिर्जना गराउन निर्माण समुहलाई सचेत गराए ।

बेसीसहर नगरपालिकाका अध्यक्ष गोमानसिंह अर्यालले भने ‘बेसीसहर नगरपालिका वडा ३, ४, ५, ९ मा हुने फिल्म सिटी निर्माणका विषयमा स्थानियस्तरको साथ र समर्थन निर्माण सुरुवातदेखि समापनसम्म हुने छ ।’ अध्यक्ष अर्यालले उक्त ठाँउबाट १४ वटा भन्दा बढी हिमालहरु नजिकबाट अवलोक गर्न सक्नुका साथै इतिहासिक तथा धार्मिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ । नेपालमा पहिलो पटक निर्माण हुने उक्त स्र्माट फिल्म सिटी २ हजार ६० मिटरदेखि २८ सयससम्मको उचाईमा निर्माण भई विश्वकै उच्च स्थानको फिल्म सिटी हुने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.