एनआईसी एसियाले हावाहुरी पीडितलाई गर्यो २ लाख सहयोग

  २०७६ असार १८ गते ११:५६     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले जेठ २३ गते आएको हावाहुरीका कारण धनगढी, कैलाली र कञ्चनपुरका व्यक्तिहरु पीडित भएकोमा दुःख व्यक्त गर्दै सहयोग गरेको छ ।

घटनाबाट पीडित परिवारको पुनस्र्थापनाको लागि बैंकले धनगढी उप-महानगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयोग स्वरुप दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

उक्त रकमको चेक बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेकराज भट्टले धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर ओडलाई हस्तान्तरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.