मिसन भिजिट नेपाल २०२०ः संसारभरका मिडिया डाकेर इन्टरनेशनल समिट

  २०७६ असार १७ गते १७:५०     विकासन्युज

काठमाडौं । सरकारले भिजिट नेपाल बर्ष २०२० का लागि इन्टरनेशनल मिडिया समिट आयोजना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले केहि महिनाभित्रै भिजिट नेपाल २०२० लाई सफल बनाउन संसाभरका मिडियाहरुलाई नेपाल बोलाउन लागेको बताए । ‘संसारभरका मिडियाहरुलाई काठमाडौं भेला गराएर मिडिया समिट गर्छाै, १० औं करोड खर्च हुन्छ भने पनि बोलाएर प्रचार प्रसार गराउँछौं, त्यसले हाम्रा गन्तव्यलाई संसारभर परिचित गराउँछ’, मन्त्री बास्कोटाले भने ।

उनले सिएनएन, बिबिसी, न्युयोर्क टाईम्स, अलजजिरा लगायत संसारका अब्बल सबै मिडियाहरु नेपालमा भेला गराउने दावी गरे । सरकारले सन २०२० लाई नेपाल भिजिट इयरका रुपमा अघि सारेको छ । २० लाख विदेशी पर्यटक नेपाल भित्र्याएर उत्कृष्ठ पर्यटन गन्तव्यका रुपमा स्थापित हुने सरकारको लक्ष्य छ । त्यसका लागि पर्यटन सम्बन्धी पूर्वाधारहरुको निर्माण तथा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.