महिला उद्यमीको प्रतिनिधिमण्डल कोरिया प्रस्थान

  २०७६ असार १७ गते १७:३२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको नेतृत्वमा १७ सदस्यीय उद्यमी प्रतिनिधिमण्डल मंगलबार दक्षिण कोरिया प्रस्थान गरेको छ ।

कोरियन वुमन इन्टरपेनर एशोसिएशनको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेको उक्त प्रतिनिधिमण्डलले सियोलस्थित उद्यमीसँग बुधबार र बिहीबार लगानी, व्यापार प्रबर्धन, साना तथा मझौला उद्योगका सम्भावनालगायत विषयमा छलफल गर्ने महासङ्घले जनाएको छ ।

प्रतिनिधिमण्डलले त्यहाँस्थित नेपाली दूतावासमा छलफल तथा अन्य औद्योगिक संस्थासँग अन्तरक्रिया गर्नेछ । भ्रमण दलका सदस्य एवं समितिका उपाध्यक्ष रम्भादेवी श्रेष्ठले कोरियाको विकास र समृद्धिका लागि त्यहाँको सरकार र निजी क्षेत्रको सहकार्यमा भइरहेका विभिन्न आयोजनाको अध्ययनबाट स्वदेशमा थप उद्योग स्थापनाका लागि वातावरण मिल्ने बताएका छन् । उक्त प्रतिनिधिमण्डल यही २३ गते स्वदेश फिर्ता हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.