आइएमई मोटर्सद्वारा यूरो-४ मापदण्ड बस बिक्री आरम्भ, २० थान सहरी बस साझा यातायातलाई हस्तान्तरण

  २०७६ असार १७ गते १४:०२     विकासन्युज


काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले वातावरणमैत्री यूरो–४ मापदण्डका सहरी बस बिक्री शुरु गरेको छ । सोमबार २० थान सहरी बस साझा यातायातलाई हस्तान्तरण गरी नेपालमा बिक्री वितरणको सुरुवात गरेको हो ।

एलवाइएनएक्स स्मार्ट बसमा डिजाइन गरिएका छन्, जो आधुनिक टेक्नोलोजिद्घारा डिजाइन र प्रमाणित गरिएको कम्पनीले जनाएको छ । यी बसका विशेषताको रुपमा इन्जिनमा एक समकालीन–४ सिलिण्डर सीआरएस डीजल जुन ईजीआर टेक्नोलोजीसंग टर्बो चार्ज गरिएको इन्टरकुलर रहेको छ । अधिकतम ९०० मिमी फ्लोर उचाइ, १३० एचपीको अधिकतम शक्ति, २४०० आरपीएम, सेमी इलिप्टिकल मल्टिलिफ साथै शक अब्जर्बर (अगाडी र पछि), ११५ लिटर ईन्धन टैंक क्षमता रहेको छ ।

आइएमई मोटर्स प्रालि नेपालका लागि अशोक लेलैण्ड कमर्सियल गाडीहरुको आधिकारिक बिक्रेता हो । नेपालभर आफ्ना शाखा तथा डिलरका सेल्स, सर्भिसर पार्ट्स नेटवर्क मार्फत आइएमई मोटर्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिकाले सेवा प्रवाह गर्दै आएको छ । युवा, सक्षम र उर्जावान जनशक्तिका साथमा आइएमई मोटर्स प्रा लि नेपालमा महत्वपूर्ण अटोमोबाइल कम्पनीको रुपमा अगाडी बढीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.