ग्लोबल आईएमई बैंकले अर्को बैंक प्राप्ति गर्ने, छलफल तेस्रो पुस्ताका बैंकसँग केन्द्रित

  २०७६ असार १७ गते १२:२९     विकासन्युज

काठमाडौं । ग्लोवल आईएमइ बैंकले अर्को वाणिज्य बैंक प्राप्ति गर्नको लागि आफ्ना संयन्त्रहरु परिचालन गरेको छ । बैंकले तेस्रो पुस्ताको बैंक प्राप्ति गर्ने लक्ष्य लिएको छ । ‘हामी तेस्रो पुस्ताका बैंकहरु मध्ये एउटा प्राप्ति गर्ने लक्ष्य लिएका छौं । मेगा र सेञ्चुरी बैंकसँग छलफल चलेको छ’ बैंकका उच्च अधिकारीले भने । पुरानो बैंकबाट कुमारी बैंकसंग प्राप्तिको लागि पनि कुरा चलिरहेको उनले बताए ।

अर्थमन्त्रीले बजेटमा ठूला बैंकलाई मर्जर जान प्रोत्साहित गर्ने नीति सार्वजनिक गरे लगत्तै ग्लोवल आईएमई बैंकले मर्जरलाई गम्भिर रुपमा लिएर उपयुक्त साझेदार बैंकको खोजी गर्न र समझदारीको लागि प्रयास गर्न आफ्ना संयन्त्र परिचालन गरेको उनले बताए ।

ग्लोबल आईएमईले आफू अर्को बैंकमा विलय नहुने निर्णय पनि लिएको छ । ‘हाम्रो नेटवर्क पनि ठूलो छ । ग्राहकको आधार पनि ठूलो छ । ब्राण्ड पनि स्थापित भईसक्यो । हामी अर्को बैंकमा विलय हुँदैनौ’ स्रोतले भन्यो ।

‘हामीले मर्जर कमिटि पनि गठन गरेका छौं । विभिन्न चरणमा छलफल पनि अगाडि बढाएका छौं’ स्रोतले भन्यो । ग्लोवल आईएमई बैंकसँग विभिन्न बैंकले मर्जरको लागि चासो पनि दिएका छन् ।

मर्जरमा जाने उद्देश्यले बैंकले रिक्त भएको प्रमुख कार्यकारी अधिकृत पदपूर्ति नगरेको स्रोतले बतायो । ‘तीन महिनाभन्दा बढी सीईओ पद खाली राख्न नमिल्ने राष्ट्र बैंकको निर्देशन हो । हामी मर्जरको तयारीमा रहेकोले स्थिति सहज बनाउन नयाँ सीईओ नियुक्ती गर्न ढिलाई गरेका हौ । राष्ट्र बैंकलाई पनि अनौपचारिक रुपमा जानकारी दिएका छौं’ एक जना सञ्चालकले भने । हाल बैंकमा डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्मेवारी समालिरहेको छन् ।


अर्थमन्त्री र गभर्नरलाई खुलापत्र-‘बैंकहरुबीच प्रेम होस्, करणी नहोस्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.