रु ५६ लाखमा कञ्चनरुप नगरपालिकाद्वारा बारुणयन्त्र खरिद

  २०७६ असार १७ गते १२:०४     विकासन्युज

काठकाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकाले आगलागीबाट हुने विपद् न्यूनीकरणका लागि बारुणयन्त्र खरिद गरेको छ । आगलागीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न नगरपालिकाले बारुणयन्त्र खरिद गरेको नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले बताएका छन् ।

सांसद साझेदारी कार्यक्रमअन्तर्गत रु ५६ लाख २६ हजार ५०० मा पोर्टेवल पम्पसहित फायर फायटिङ बारुणयन्त्र खरिद गरी ल्याएको सामाजिक विकास शाखा प्रमुख राजेशकुमार यादवले बताए । नगरपालिकाले बारुणयन्त्र खरिद गरी नगरपालिका ल्याएपछि नगरवासी खुशी भएका छन् ।

कञ्चनरूप नगरपालिकामा बारुणयन्त्र आएपछि छिमेकी स्थानीय तह सप्तकोशी नगरपालिका, तिरहुत र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा समेत सेवा पुग्ने बताइएको छ । कञ्चनरुपमा आगलागी हुँदा बारुणयन्त्रको अभावमा सदरमुकाम राजविराज र अन्यत्र जिल्ला सुनसरी, मोरङबाट मगाउनुपर्ने बाध्यता रहेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.