पाल्पामा ५०० ज्येष्ठ नागरिक सम्मानित, खुशीले दङ्ग भए वृद्धहरु

  २०७६ असार १७ गते ११:४८     विकासन्युज

काठमाडौं । रम्भा गाउँपालिका पाल्पाका ज्येष्ठ नागरिक सम्मान पाएपछि दङ्ग छन् । गाउँपालिकाले गाउँपालिकाभरिका करिब ५०० ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

पाँच वडा रहेको गाउँपालिकाका पाँचै वडाका नागरिकलाई मिठा खानेकुरा, फलफूल न्यानो कपडालगायत नगदले सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । कतिपयले घरपरिवारले समेत उमेर ढल्कँदै गएपछि माया, सम्मान नगरेका बेला गाउँपालिकाले गरेको सम्मानले आफूहरुलाई जीवन जिउन थप हौसला मिलेको बताएका छन् ।

रम्भा गाउँपालिका–२ का ज्येष्ठ नागरिक तुलवीर सिंजापतिले गाउँपालिकाले आफूहरुलाई निकै माया गरेको अनुभव सुनाए । “उनले उमेर ढल्कँदै गएका वृद्धवृद्धालाई स्याहार्नको दुःखले वृद्धाश्रम लैजाने गरेको सुनेको थिएँ, मलाई त उल्टै स्थानीय सरकारले सम्मान गर्यो निकै खुशी लागेको छ ।” उनी भन्छन्, “सरकारले वृद्धभत्ता पनि बढायो, कसैले नहेरे पनि आफैं स्वरोजगार भएझैँ लागेको छ ।”

गाउँपालिका–२ मा ७५ वर्षमाथिका ९३ वृद्धवृद्धालाई नगद तथा ब्ल्याङ्केट वितरण गरिएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, बीमा तथा परिचयपत्र वितरण गर्न लागेको वडाध्यक्ष उमानसिंह सारुले जानकारी दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.