प्रविधि मैत्री बन्दै बीमा समिति, एकिकृत सफ्टवेयरबाट यसरी हुन्छ काम

  २०७६ असार १७ गते ११:३४     नबिन पोखरेल


काठमाडौ । डिजिटल मोनिटरिङ (प्रविधि मैत्री निरीक्षण)मा पछाडि पर्दै आएको बीमा समितिले एकिकृत सफ्टवेयर सञ्चालनमा ल्याउने भएको छ । बीमा समितिले समग्र बीमा क्षेत्रलाई प्रविधि मैत्री बनाउने उद्देश्यले एकिकृत सफ्टवेयर प्रणाली सञ्चालन गर्ने भएको हो ।

बीमा समितिले एकिकृत सफ्टवेयरको लागि ३५ दिने टेन्डर समेत आह्वान गरेको छ । समितिले आइतबार टेण्डर निकालेको हो । टेण्डर भर्नेहरुको छनोट प्रक्रिया सकिए लगत्तै आर्थिक आर्थिक व्यवस्थापनमा जुटने बीमा समितिले जनाएको छ । एकीकृत सफ्टवेयरका लागि असार १६ गते टेण्डर आह्वान गरिएको हो । सो टेण्डरका लागि फारम बुझाउने अन्तिम मिति साउन १५ गते मध्यान्हको १२ बजेसम्म रहेको छ । यस्तै, प्रस्ताव खोल्ने मिति आगामी साउन १५ गते दिउँसोको २ बजे रहेको छ ।

बीमा समितिका निर्देशक राजुरमण पौडेलले भने–समयको माग अनुसार हामीले चल्न जरुरी छ र सोही अनुसार काम गर्न हामीले एकिकृत सफ्टवेयर सञ्चालनमा ल्याउने भएका हौँ ।’ बीमा क्षेत्रमा चालिएको प्रविधि मैत्री कदम ऐतिहासिक हुने उनले बताए ।

बीमा समितिले अबको दिनमा प्रविधि मैत्री हुन आवश्यक रहेकोमा जोड दिएको छ । बीमा समितिका एक कर्मचारीले पहिले आफूहरुले बिएसआईबी डट ओआरजी डट एनपी बाट काम गर्दै आएको तर पछिल्लो समय बीमा समितिमा एनआईबी डट जिओभि डट एनपी रहेको बताए ।

पहिले प्रयोग भई रहेको वेव साईटका लागि समितिले मासिक रुपमा २० हजार रुपैयाँ खर्चनु पथ्र्यो । तर, अहिले भने त्यसका लागि शुल्क लाग्दैन । सोही कारणपनि बीमा समितिमा २ लाख ४० हजार रुपैयाँ बचत भएको छ । समितिले नयाँ वेव साईटको सुरुवातमा ल्याएको ८ महिना भएको छ ।

प्रविधिमा पछाडि थियो बीमा समिति
बीमा समितिमा सफ्टवेयरहरु भएको तर एकिकृत नभएकाले तथ्याङ्क संकलनमा ढिलाई भईरहेको थियो । बीमा समिति अनलाईन रिपोर्डिङमा अगाडि आउन सकेको थिएन । एजेन्ट तथा सर्भेयरको डाटाहरु अनलाईन प्रणालीमा थिएन । अभिकर्ता कार्ड वितरण प्रक्रिया अनलाइनमा उपलब्ध थिएन । बीमा समितिको हालसम्म पनि मोवाइल एप्स छैन । यस्ता कुराहरु सुधार गर्नु पर्ने आवश्यकता महशुस भइरहेको छ ।

एकिकृत सफ्टवेयरबाट के फाइदा हुन्छ ?
एकिकृत सफ्टवेयर मार्फत बीमा कम्पनीहरुको तथ्याङ्कबारे जानकारी लिन सहज हुन्छ । साथै कम्पनीको बर्तमान अवस्थाबारे थाहा पाउन सहज हुन्छ । व्यापार व्यवसायको बिस्तारमा पनि यो सहयोगी हुने समितिको दाबी छ ।

के हो आईआरएमआईएस सफ्टवेयर ?
एकिकृत सफ्टवेयरलाई ‘आईआरएमआईएस’ नामले चिन्न सकिन्छ । त्यसको पूरा रुप भने ईन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सेन्टर हुन्छ ।

यस्तो हुन्छ आइआरएमआइएस भित्र
लेखा, मानव संसाधान, इजाजत, स्थलगत उजुरी व्यवस्थापन, कृषी तथा लघु बीमा, पुनर्बीमा लेखको प्रोडक्टहरुको बीमा सम्बन्धी सम्पूर्ण तथ्याङ्क व्यवस्थापन गर्न मिल्छ ।

एमआईएस रिपोर्ट विथ ग्राफिक्सले के गर्छ ?
– बीमा कम्पनीले बीमा समितिलाई रिर्पोटिङ् गर्ने ।

– बार डाउग्रम अटोमेटिक रुपमा आउने ।

– पहिले कम्पनीले आफ्नो तथ्याङ्क चढाएपछि बार डायग्राम सिस्टमले नै बनाउने गर्छ ।

मोबाइल एप्स
मोबाइल एप्स मार्फत आवश्यक सूचनाहरु दिन प्रयोग गरिन्छ । सो एप्स चलाउँदा बीमा क्षेत्रमा सूचना प्रवाहमा सहज हुन्छ ।

सर्भर
हालसम्म बीमा समितिको आफ्नो सर्भर छैन । तथ्याङ्क भण्डारणमा सर्भर महत्वपूर्ण मानिन्छ । बीमा समितिले आफ्नो काम पेपरलेस बनाउन समेत मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.