७ लाख मेट्रिक टन रसायनिक मल आवश्यक, पर्याप्त आयात नहुँदा सधैँ अभाव

  २०७६ असार १७ गते ८:४५     सुनिता पुडासैनी

काठमाडौं । नेपालमा वार्षिक ७ लाख मेट्रिक टन मलको आवश्यक छ । तर, वार्षिक ४ लाख मेट्रिक टन मलपनि आयात हुँदैन । आवश्यक मात्रामा मल आयात नहुँदा कृषकहरुले सधैँजसो अभावको झेल्दै आएका छन् ।

कृषकहरुलाई चाहिएको बेला बेल उपलब्ध गराउन सरकारले चालु आर्थिक वर्षमा ६ अर्ब रकम छुट्याएपनि आगामी वर्षका लागि ९ अर्ब रकम विनियोजन गरेको हो । आगामी वर्षका लागि सरकारले अनुदान थप गरेको जनाएको छ ।

कृषि मन्त्रालयका सहप्रवक्ता डा. प्रदीपचन्द्र भट्टराई भन्छन्–हरेक वर्ष मलको अभाव भोग्दै आउने नेपालीका लागि प्रतिवर्ष ७ लाख मेट्रिक टन मल आवश्यक छ । आगामी दिनमा किसानलाई सहज ढंगले मल आपूर्ति गर्न मन्त्रालयले नयाँ कार्ययोजना बनाउने तयारी गरेको सह प्रवक्ता भट्टराईले जानकारी दिए ।

किसानलाई आवश्यक परेको बेलास्थानीय स्तरका सहकारी संघसंस्थाले स्टोरमा मल हुँदापनि उपलब्ध नगराउँदा अभाव देखिने गरेको प्रवक्ता भट्टराईले बताए ।

आर्थिक वर्ष २०७४/७५ मा ३ लाख ४३ हजार मेट्रिक टन मल आयात भएको थियो भने चालु बर्षमा ३ लाख २३ हजार मेट्रिक टन मल नेपाल भित्रिएको छ । ८ अर्ब ९९ करोड ९६ लाख रुपैयाँ सरकारी तथा स्थानीय निकायबाट सहयोग प्राप्त र उक्त रकम सबै मलका लागि चालु आर्थिक वर्षमा खर्च नहुने कृषि मन्त्रायलका वरिष्ठ कृषि अधिकृत नेत्र भण्डारीले बताए ।

पछिल्लो समय मलको अभाव भई रहँदा भारतको कलकताबाट २० हजार मेट्रिक टन डिएपी मल नेपाल ल्याउने तयारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.