कृषि तथा पशुपन्छी बीमाको ५१ करोड ३० लाख अनुदान पाएनन्, किन ढिलाइ गर्दैछ सरकार ?

  २०७६ असार १६ गते १४:२६     नबिन पोखरेल

काठमाडौ । सरकारले बाली तथा पशुपन्छी बीमा गर्ने कृषक बिमितका लागि ७५ प्रतिशत हिस्सामा सघाउने भनेपनि रकम उपलब्ध गराएको छैन । सरकारले अनुदान रकम उपलब्ध नगराउँदा बाली पशुपन्छी बीमाको अुनदान बापत ५१ करोड ३० लाख रुपैयाँ बीमा कम्पनीहरुले पाउन सकेका छैनन् । साे अनुदान रकम कम्पनीहरुले माग  गरेका छन् । कम्पनीहरुकाे बीमा शुल्क भने ६८ करोड ४० लाख रुपैयाँ रहेको छ भने ८२ हजार  ५ सय बीमालेख रहेको छ ।

लुम्बिनी जनरल ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नुरप्रकाश प्रधानका अनुसार सरकारले बिमितलार्ई ७५ प्रतिशत अनुदानको रकम दिन ढिलाइ गर्नुभन्दा त्रैमासिक रुपमा उपलब्ध गराउनु पर्ने बताए । उनले भने– ‘यही असार, साउनमा अनुदानको रकम दिने कुरा त सुनिएको छ, तर यसरी सरकारले ढिलो गर्नु राम्रो कुरा होइन ।’ सरकारले राष्ट्रिय आवश्यकताको कुरामा ध्यान दिँदै कृषि मैत्री पूर्वाधारमा जोड दिनु पर्ने उनको बुझाइ छ ।

यता, प्रिमियर ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुधुम्न उपाध्यायले सरकारले कृषक बिमितलाई दिने अुनुदानको रकम अघिल्लो बर्षसम्म भुक्तान भई सकेको छ र यो बर्षकोपनि भुक्तान गर्ने प्रकृयामा गईसकेको बताए । सीइओ उपाध्यायले सरकारी तहबाट नै काम भई रहेकाले कृषी बीमा गराउने बिमितलाई आशावादी रहन उनको सुझाव रहेको छ ।

कुन महिनामा कति माग ?
बीमा समितिका अनुसार चालु आवको साउन महिनामा बाली तथा पशुपन्छी बीमामा अनुदान बापत ५ करोड ६३ लाख रुपैयाँको माग भएको छ । यस्तै, भदौ महिनामा ४ करोड ९४ लाख, असोज महिनामा ५ करोड ६१ लाख, कात्तिक महिनामा ४ करोड १४ लाख, मंसिर महिनामा ५ करोड ४ लाख रुपैयाँ माग भएको छ ।

साथै, पुस महिनामा ५ करोड ९७ लाख, माघ महिनामा ५ करोड ३ लाख, फागुन महिनामा ५ करोड ८३ लाख, चैत्र महिनामा ६ करोड ६९ लाख र बैशाख महिनामा २ करोड ३६ लाख रुपैयाँ माग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.