स्वरोजगारको विशेष साधारण सभा असार २४ मा, मर्जरमा जान बाटो खोल्ने

  २०७६ असार १६ गते १२:५५     विकासन्युज


काठमाडौँ । बनेपा, काभ्रेपलाञ्चोक केन्द्रीय कार्यालय भएको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असार २४ गते हुने भएको छ ।

सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो । विशेष साधारण सभा प्रयोजनका लागि असार २४ गते संस्थाको सेयर नामसारी दाखिल खारेज दर्ता बन्द(बुक क्लोज) हुने जनाइएको छ ।

साधारण सभामा इजाजत प्राप्त कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एकआपसमा गाम्ने/गाभिने वा प्राप्ती गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव प्रस्तुत गरिने छ ।

साथै वित्तीय संस्थाको अधिकृत पूँजी र जारी पूँजी बृद्धी सम्बन्धमा पनि छलफल हुने कम्पनी सचिव मनोजकृष्ण उप्रेतीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.