ओपोद्वारा नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक, मूल्य रु. ८९,९९०

  २०७६ असार १५ गते १९:४८     विकासन्युज

काठमाडौँ । ओपोले नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक गरेको छ ।

ओपोको नयाँ फ्ल्यागशिप रेनो सिरिज अन्तर्गतको यो फोन आईतवारदेखि नेपाल उपलब्ध गरिएको हो ।

ओपो रेनो १०एक्स जुम ईडिसनको प्रमुखआकर्षण, यसको नाम अनुसार स्वभाविक रुपमा १०एक्स लसलेस हाइब्रिड अप्टिकल जुम हो ।

ओपो रेनो १०एक्स जुम ईडिसनमा रहेको साइड–स्विङ सेल्फीक्यामेरा स्मार्टफोनको अर्को प्रमुख आकर्षण हो ।

ओपो रेनो १०एक्स जुम ईडिसनको ८ जीबी र्याम २५६ जीबी रोम संस्करणको मूल्य रु. ८९ हजार ९ सय ९० निर्धारण गरिएको छ । यो फोन जेट ब्ल्याक र ओसन ग्रिन गरी दूई आकर्षक रङमा उपलब्ध गरिएका छन् ।

ओपो १०एक्स जुम ईडिसन पहिलो पटक चीनमा र लगत्तै यूरोपमा ओपो रेनो र ओपो रेनो ५जीका साथमा सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.