पायोनियर मोटो कर्पद्वारा निसान गाडीहरूका लागि मनसुन एक्सचेन्ज मेला आयोजना, ५ लाखसम्म छुट

  २०७६ असार १५ गते १९:४१     विकासन्युज

काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ । मनसुन एक्सचेन्ज मेला असार १६ देखिअसार २२ गते सम्म सन्चालन हुनेछ ।

मनसुन एक्सचेन्ज मेलाको सिमित अवधिसम्म ग्राहकहरूले विभिन्न आकर्षक अफरहरु जस्तै रू. ५ लाख सम्मको छूट, रू. ३ लाखसम्मको एक्सचेन्ज बोनस, रू. २५,००० सम्मको लोयल्टी बोनस, रू. २७,००० मुल्यको गाडी–एक्सेसरिजहरु, १ वर्ष सम्मको निःशुल्क बाटो कर, ३ वर्ष सरवीसिङका साथै ३ वर्षको वारेन्टीको सेवा आदि प्राप्त गर्न सक्छन् ।

मेलामा पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन र किस्ताबन्दीको सुविधापनि मेलामा नै तुरून्तै प्राप्त गर्न सकिनेछ । टेस्ट ड्राइभ गर्दा पनि ग्राहकहरुले उपहारहरु प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.