ग्लोबल आइएमई बैंकले मनायो १६ औँ राष्ट्रिय धान दिवस

  २०७६ असार १५ गते १९:२८     विकासन्युज


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले १६औँ राष्ट्रिय धान दिवस मनाएको छ । बैंकले राजधानीको टोखा नगरपालिका वडा नं. १ स्थित झोर महाङ्कालमा रोपाइ गरी धान दिवस मनाएको हो । कृषिप्रधान देशमा धान दिवस मनाउने परम्परालाई जगेर्ना गर्न धान दिवसलाई उत्सवका रूपमा मनाइएको बैंकको भनाइ छ ।

रोपाइमा बैंकका कर्मचारी तथा स्थानीयको बाक्लो उपस्थितीे रहेको थियो । कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले धान रोपाइ र यसको महत्व बारे प्रकाश पारेका थिए । यसैगरी बैंकका नायब महाप्रबन्धक आरती राणाले कृषि प्रधान देशमा धान दिवस मनाउने परम्परालाई बैंकले उत्सवका रूपमा मनाउने गरेको बताइन् ।

यस्तै वडाध्यक्ष श्रीकृष्ण अधिकारी र वडा सचिव नवराज दुलालले बैंकले कृषि लगायत अन्य उत्पादन मुलक क्षेत्रमा दुर दराजसम्म गरेको सहयोग र लगानीको प्रसंशा गरे ।

धान दिवसकै अवसरमा धापासीस्थित शाखा कार्यालयबाट झोरसम्म साइकलयात्राको आयोजना गरिएको थियो । साइकलयात्रामा करिब ५ दर्जन व्यक्तिहरुको सहभागिता रहेको थियो । यस्तै दिवसकै अवसरमा झोरमै रहेको शाखारहित बैंकिङ सेवाका सञ्चालक राम शरण दुलाललाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.