धराशायी हुँदै गएको साझामा प्रदेश सरकार र महानगरको ४५ करोड लगानी, सोमबार २० सिटी बस एक साथ सञ्चालन

  २०७६ असार १५ गते १९:००     राजाराम न्यौपाने

काठमाडौं । निरन्तर घाटामा गएपछि करिब १२ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको साझा यातायात फेरि विगतकै बाटोमा फर्किने संकेत गरेको बेला प्रदेश नम्बर ३ को प्रदेश सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायातले ४५ करोड लगानी गर्ने भएको छ ।

३ नम्बर प्रदेशले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललिपुर महानगरपालिकाले २ करोड ५० लाख र साझा यातायातले २ करोड ५० लाख बसमा लगानी गर्न लागेको हो । नेपाल विद्युत प्रधिकरले भने चार्जजिङ स्टेसनको व्यवस्था गर्ने भएको छ । साझा यातायातले ल्याएका २० वटा नयाँ बस असार १६ बाट सञ्चालनमा आउने भएको छ । साझा यातायातले आफ्नो २० वटा सिटी बस एक साथ सञ्चालनमा ल्याउन लागेको हो ।

ललितपुर महानगरपालिका मेयर चिरीबाबु मर्हजनले भने ‘ प्रदेश सरकार, काठमाडौं महानगरपालिकार, ललितपुर महानगरपालिकाले साझामा लगानी गर्न लागेको हो ।’ भोलि सहमती पत्रमा हस्तक्षर हुने मेयरले जानकारी दिए । कमजोर व्यवस्थापन र उच्च व्यवस्थापनकै शंकास्पद गतिविधिका कारण साझाको घाटा वर्षैपिच्छे बढ्दै गएसँगै सिञ्चित नोक्सान चुलिँदा साझाले सोही बाटोको पुनरावृत्तिको संकेत गरेको हो ।

आर्थिक वर्ष २०७२ र ७३ मा १ करोड ९८ लाख रुपैंया नाफा कमाएको साझाले २०७३ र ७४ देखि निरन्तर घाटा व्यहोर्दै गएको छ । साझाको कार्यसञ्चालनमा सुधार हुनुको सट्टा झन् फितलो हुँदै गएपछि चालु आर्थिक वर्ष समेत थप नोक्सान बेहोर्ने संभावना छ । साझाले आर्थिक वर्ष २०७३ र ७४ मा १ करोड ८२ लाख रुपैंया खुद घाटा बेहोरेको थियो । त्यस्तै, २०७४ र ७५ मा १ करोड ७८ लाख घाटामा गएको भएको वित्तीय विवरण उल्लेख छ ।

दैनिक रुपमा भरिभराउ यात्रु बोकेर काठमाडौंका प्रमुख रुटहरुमा गुड्ने साझा यातायातको प्रमुख कार्य मानिने यातायात सेवा नै घाटामा गएको देखिएको छ । बस सञ्चालनबाट मात्रै साझाले आर्थिक वर्ष २०७४ र ७५ मा २ करोड ९३ लाख रुपैंया घाटा व्यहोरेको छ । २०७३ र ७४ मा २ करोड ३४ लाख रुपैंया घाटा व्यहोरेको थियो ।

सर्भाइभलको ग्यारेन्टीबिनै प्रदेश सरकार र महानगरको अर्को लगानी
त्यसो त घाटामा गएको साझामा लगानी थप्न सरकारी निकायहरुले गरेको हतारो समेत अचम्म लाग्दो छ । अघिल्लो दुई वर्षदेखि निरन्तर घाटामा रहेको संस्थामा लगानी थप्न काठमाडौं प्रदेश सरकार, महानगरपालिका र ललितपुर महानगरपालिका भोलिबाट लगानी गर्दे र थप्दै छन् ।

नयाँ बसको सञ्चालन र नाफा वा कम्तीमा घाटा पूर्तिको सुनिश्चितता नै नगरी काठमाडौं महानगरपालिकाले साझालाई थप २० ओटा बस खरीद गर्न साझाको शेयर किनिदिने गरी सहमति गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.