काठमाडौँ महानगर र सिसडोलवासीबीच सहमति, थ्रुपिएको फोहोर तत्कालै उठ्ने

  २०७६ असार १५ गते १८:४८     विकासन्युज

काठमाडौँ । काठमाडौँ महानगरपालिका र सिसडोलवासीबीच आइतबारको बार्तामा सहमति भएको छ ।

फोहोर फाल्ने नुवाकोट जिल्लाका ककनी गाउँ पालिका स्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका बासिन्दाले उचित क्षतिपूर्तिको माग सहित १ हप्तादेखि फोहोर फाल्न नदिएपछि काठमाडौँमा फोहोर थ्रुपिएको थियो ।

समस्या समाधानका लागि १५ दिन भित्र दिनभित्र अध्ययन गर्न १३ सदस्यीय समिति गठन भएको छ ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि र महानगरपालिकाबीच यस्तो सहमति भएको हो । समितिले १५ दिनभित्र समस्याको पहिचान गरी समाधानका उपाय सिफारिस गर्ने काठमाडौँ महानगरका प्रवक्ता इश्वरमान डंगोलले बताए ।

अध्ययन समितिमा स्थानीयकोतर्फबाट जितबहादुर बलामी, चक्रमान बलामि, गणेश बलामी, ज्ञानेन्द्र गजुरेल, अर्जुन नेउपाने, राजन नेउपाने ककनी गापा वडा १ अध्यक्ष चक्रकुमार श्रेष्ठ २ का अध्यक्ष केदार पौडेल लगायत महानगरबाट वातावरण बिभाग प्रमुख हरिकुमार श्रेष्ठ, सुरक्षा प्रमुख धनपती सापकोटा लगायतका रहेका छन् ।

‘ल्याण्डफिल्ड साइड’ बन्द हुँदा राजधानीमा फोहोर थुप्रियो, सिसडोलवासीको आन्दोलन किन ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.